×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रविन्द्र मिश्रले हार्ने ‘कन्फर्म’, विवेकशील पार्टीकै कार्यकर्ता भन्छन्, ‘तराजु राम्रो भन्ने साथीहरुले रुखलाई भोट हालेछन्’

काठमाडौँ- प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सकिएको छ । पहिलो चरणमा सम्पन्न मतदानको मतगणना साँझ ५ बजेदेखि हुने भएको छ । पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा सर्वदलिय बैठक सकेर मतगणना शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्याईने आयोगले जनाएको छ । 
पहिलो चरणमा मतदान भएका हिमाली जिल्लाहरु मध्य मनाङ र मुस्ताङको मत परिणाम छिटो आउने अपेक्षा गरिएको छ । दलका प्रतिनिधीहरुले मतपत्र छुन नमिल्ने गरी मतगणनाको व्यवस्था मिलाइएको छ । दलका प्रतिनीधिहरुले नजिकबाट देख्न मिल्ने तार जाली भित्र निर्वाचन आयोगका कर्मचारीले मत गन्नेछन् । 
यता सबै भन्दा प्रतिक्षित प्रतिष्पर्धा भनेर आंकलन गरिएको रविन्द्र मिश्र र प्रकाशमान सिंहको प्रतिष्पर्धामा रविन्द्र मिश्र हार्ने लगभग पक्कापक्की भएको छ । निर्वाचनका समयमा हार्ने निश्चित भएको भन्दै विवेकशील साझा पार्टीका कार्यकर्ताले अनुरोध गरेका अधिकांसले आफुले मत रुखलाई नै हालेको बताएपछी रविन्द्र मिश्र हार्ने पक्कापक्की भएको हो । 

युवाहरुको आकर्षण हुँदाहुँदै पनि रविन्द्र मिश्रले चुनाव हार्ने भएका हुन् । उक्त क्षेत्रका अधिकांस मतदाता पूराना कांग्रेस भएको, विवेकशील साझाका धेरैजसो भोट एमाले वा कांग्रेसमै गएको र विवेकशीललाइ भोट हाल्छु भन्ने धेरैलाई आफ्ना बाबुआमाले अन्तिम समयमा कांग्रेसलाइ नै भोट हाल्न अनुरोध गरेपछि धेरैले कांग्रेसलाइ नै भोट हालेको तथ्यका कारण पनि पनि रविन्द्र मिश्रले हार्ने निश्चित भएको हो ।

यद्यपी विवेकशील साझाको समानुपातिकतर्फभने राम्रै भोट आउने आशा गरिएको छ ।   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: