×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गगन भेट्न अस्पताल पुगेका प्रतिस्पर्धी भट्टराईलाई काँग्रेस कार्यकर्ताले लखेटे !

काठमाडौँ – बम आक्रमणमा घाइते भएका आफ्ना प्रतिस्पर्धी एवं काँग्रेस युवा नेता गगन थापा भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका काठमाडौँ– ४ का बाम गठबन्धनका उम्मेदवार एवं एमाले नेता राजन भट्टराईमाथि दुव्र्यबहार भएको छ । घटना भएको थाहा पाएपछि भट्टराई थापाको अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका थिए ।
तर, उत्तेजित काँग्रेस कार्यकर्ताले आफूलाई थापासँग भेट्न नदिएको तथा दुव्र्यहार गरेको भट्टराईले बताए । ‘म गगनजीलाई भेट्न अस्पताल गएको थिएँ’, भट्टराईले भने, ‘भेट्न दिएनन् । मेराविरुद्ध नाराबाजी गरे । हुलहुज्जत गरे ।’ उनले आफ्ना सहयोगी पुष्प भट्टराईमाथि काँग्रेस कार्यकर्ताले मुक्का प्रहार गरेको जनाए ।
यद्यपि भट्टराईले जुनसुकै पक्षले जस्तो सुकै उद्धेश्यका लागि गरेको भए पनि थापामाथिको आक्रमण निन्दनीय भएको बताए । ‘घटनाप्रति निन्दा गर्छु । यो आक्रमण लोकतान्त्रिक मूल्य र मान्यताअनुसार जनताको विवेकपूर्ण मतद्वारा, जनताको मन जितेर शासन सत्ता चलाउने व्यवस्थाविरुद्धको आक्रमण हो’ भट्टराईले भने । भट्टराईले थापासहित घटनामा घाइते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।
तर, घटनाप्रति खेद व्यक्त गर्न र घाइतेलाई भेट्न गएका बेला आफुमाथि भएको अशिष्ट, अराजनीतिक र अभद्र व्यवहारबाट दुःखी भएको उनले बताए । त्यस्ता व्यवहारले बम विस्फोटजस्ता आपराधिक घटनाको निन्दा गर्ने ठाउँ नरहने उनको भनाइ थियो । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: