×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमइका कर्मचारीको यो कस्तो अनुशासन ? सरोकार नै नभएको विषयलाई लिएर पटक-पटक पत्रकारलाई ‘टर्चर’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ पुष २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

आइएमइका कर्मचारीको यो कस्तो अनुशासन ? सरोकार नै नभएको विषयलाई लिएर पटक-पटक पत्रकारलाई ‘टर्चर’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाली कर्पोरेट क्षेत्रमा चलेको ब्राण्ड हो ‘आइएमई’ । र आइएमई रेमिटमा पीआर अफिसरको रुपमा कार्यरत कर्मचारी हुन् राजु पौडेल । काम पीआर अर्थात ‘पब्लिक रिलेसन’ बनाउने / बढाउने भएपनि उनी अहिले पत्रकार थर्काउने, आइएमइका बारेमा बढी फुर्ती लगाएर विभिन्न मिडियाकर्मीलाई खसाल्नेगरी बोल्ने लगायतका कामका कारण बढी चर्चामा छन् । यसैबीच उनले आफुलाई सरोकार नै नभएको विषयलाई लिएर पटक- पटक पत्रकारहरुलाई ‘टर्चर’ दिने गरेको पाइएको छ । 
अझ आफुलाई ‘बाइकट’ गरेर कसैले आफुभन्दा माथिल्लो तहबाट आइएमइको विज्ञापन लिएको रिसमा उनले अर्थ सरोकारका सम्पादकलाई पटक-पटक फोन गर्ने, धम्कीपूर्ण भाषा प्रयोग गर्ने, जस्ता कार्यहरु गरेको पाइएको छ । राजु पौडेलले आफुलाई थर्काउने मात्र काम गरेकाले उनीसँग कुनै कारोबार नगर्ने भन्ने सर्त अर्थ सरोकारले राखेपछि आइएमइ समुहले सल्लाह नै गरी अर्थ सरोकारसँगको कारोबारमा राजु पौडेललाई बीचमा नल्याउने र अरुले नै विज्ञापनको कामको संयोजन गर्नेगरी काम कारवाही अगाडी बढाएको थियो । सायद यहि कारणले हुन सक्छ अर्थ सरोकारका सम्पादकमाथि पुन: एकपटक राजु पौडेलले सरोकार नै नभएको विषयलाई लिएर नितान्त पारिवारिक समयमा फोन गर्दै ‘टर्चर’ दिने काम गरेका छन् । 
पछिल्लो घटना : आइएमइ पे को कर्तुतबारे समाचार प्रकाशन भएपछि यसरी जंगीए पौडेल 
केहि समयअघि आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडले पनि गैरकानुनी रुपमा रजिष्टर्ड ट्रेडमार्क प्रयोग गरेको समाचार अर्थ सरोकारले प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशित भएपछि आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडले विभिन्न विज्ञापन, तथा वेव साइटमा समेत उक्त गल्ती सच्याएको थियो । आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडभित्रै पनि गल्ती भएको स्वीकार्दै लोगो सच्याउने निर्णय अनुरुप बाँकी काम पनि चलिरहेको छ । यसैबीच अर्थ सरोकार डटकमले केहि दिनअघि आइएमइ पे वालेट र आइएमइ पेले गैरकानुनी रुपमा रजिष्टर्ड ट्रेडमार्क प्रयोग गरेको समाचार प्रकाशित गरेपछी आइएमइ रेमिटका राजु पौडेलले अर्थ सरोकारका सम्पादकलाई फोन गर्दै समय र स्थानको समेत खाल नगरी टर्चर दिएका छन् । सम्पादक सुरज प्याकुरेलले आफ्नो माइजु बित्नुभएको भन्ने स्ट्याटस राखेपछि पौडेलले नितान्त पारिवारिक समयमा ‘टर्चर’ दिने बदनियत राखी प्याकुरेललाई फोन गरेको समादक प्याकुरेलको भनाइ छ ।
‘त्यो केहि दिन अघिकै समाचार थियो । माइजु बित्नुभएका कारण म पारिवारिक शोकमा छु । त्यहि कुरा मैले फेसबुकमा लेखेपछि ‘मौका यहि हो’ भन्ने शैलीमा राजुजीले फोन गरेर मलाइ टर्चर दिने काम गर्नुभयो ।’ पत्रकार प्याकुरेलले भने, ‘जवकी मैले आइएमइ ग्रुपका विभिन्न व्यक्तिहरुसँग अर्थ सरोकार र आइएमइको कारोबारमा राजुलाई नजोड्न आग्रह गरेको थिएँ । उहाँहरुले पनि मान्नु भएको थियो । मेरो शोकाकुल घडीको फाइदा उठाउने काम भएको छ । यसको जति निन्दा गरेपनि पुग्दैन । राजु पौडेलले अप्रुभ गरेर हामीले कुनै विज्ञापन राखेको पनि छैन । उनीसँग हाम्रो कुनै व्यवसायिक सम्बन्ध पनि छैन । विज्ञापन हेर्ने हाम्रो छुट्टै निकाय पनि छ । ‘ प्याकुरेलले भने ।

पत्रकार प्याकुरेलका अनुसार अर्थ सरोकारले विज्ञापनका नाममा समाचार रोक्ने काम गर्दैन । ‘आइएमइले विज्ञापन दिएको छ भनेर उसले जे गर्दा पनि सहने कुरै हुँदैन । हामी व्यवसायीक पत्रकारिता गर्छौं । आइएमइ पे ले गैर कानुनी रुपमा रजिस्टर्ड ट्रेडमार्क राखेपछि हामीले त्यसको समाचार लेखेका हौँ । त्यो कार्य नसच्चिएसम्म लेख्छौं । आइएमइ जनरल इन्सुरेन्स कम्पनीले पनि हाम्रो समाचारपछी आफ्नो गल्ती सच्याएको थियो । हामी आइएमइ पेले पनि त्यहि गरोस् भन्ने चाहान्छौं । तर विज्ञापनको फुर्ती देखाएर जस्तो काम भएको छ, त्यो निन्दनीय छ । हामीले बिज्ञापन दिनुस् भनेर आइएमइ गएको पनि होइन ।

आइएमइकै साथीहरुले बोलाएर विज्ञापन राख्नुहोस्, अर्थ सरोकार राम्रो गरिरहेको छ भनेर विज्ञापन पठाउनु भएको हो । हामीले राजु पौडेललाई बीचमा ल्याउने भए कारोबार गर्दैनौं समेत भनेका थियौं । यसअघि नै उनले गरेको व्यवहारले हामी अघाइसकेका थियौं । आइएमइ रेमिटका अन्य उपल्लो तहका कर्मचारीले हुन्छ अर्थ सरोकारसँग हामी नै कुराकानी गर्छौं भनेपछि हामीले कारोबार सुरु गरेका थियौं । अहिले पारिवारिक तनावका समयमा टर्चर दिने काम भएको छ । हामी विज्ञापनमा सौदाबाजी गरेर समाचार रोक्ने पक्षमा छंदै छैनौं । हाम्रो प्रयास सचेत गराउने हो ।’
                     

तपाईं कता हो ? के गर्दै हो ? भन्ने सामान्य जानकारी समेत नसोधी ‘तपाईं हाम्रो विज्ञापन पनि राख्ने, समाचार पनि लेख्ने ? तपाईंकहाँ हामीलाई एड राख्नु पनि छैन, हटाइदिनुहोस्’ भन्दै पौडेलले आक्रामक शैलीमा बोलेका थिए । जवकी त्यस बखत अर्थ सरोकारका सम्पादक आफ्ना माइजुको स्कुटरमा दुर्घटनामा परी निधन भएपछी पारिवारिक शोकमा थिए । अनलाइनका सम्पादक सुरज प्याकुरेलले आफ्नो फेसबुकमा समेत माइजुको निधन भएको भन्ने स्ट्याटस लेखेका थिए । मानवीय संवेदनालाई समेत ख्याल नगरी पौडेलले बेलुका कार्यालय समय सकिएपछि फोन गर्दै सम्पादकलाई आक्रामक शैलीमा कुराकानी गरेका छन् ।  
तलको अडियोमा सुन्नुहोस्, पौडेलको आक्रामक शैली :

अझ अचम्मको कुरा त के छ भने अर्थ सरोकारले प्रकाशित गरिरहेको आइएमइ रेमिटको विज्ञापनसँग राजु पौडेलको कुनै पनि सरोकार समेत छैन । राजु पौडेलले यसअघि पनि अर्थ सरोकारलाई अरु विज्ञापन पनि बन्द गराईदिने भन्दै घुमाउरो पारामा धम्की दिएका थिए । पटक-पटक आफुलाई टर्चर गरेको भन्दै अर्थ सरोकारका सम्पादकले राजु पौडेलसँग कुनै पनि कारोबार नगर्ने भनेपछि आइएमइ रेमिटको उपल्लो तहबाट राजु पौडेलसँग कुनै पनि सम्बन्ध नराख्न र आइएमइको विज्ञापन आफुले पठाउने भन्दै अनलाइनका लागि रिलिज अर्डर पठाईएको थियो । पौडेलको यस्तै बानीका कारण अर्थ सरोकारका सम्पादकमात्र होइन अरु केहि मिडियाकर्मीहरु पनि वाक्क भइसकेका छन् ।

पटक-पटक आफुलाई टर्चर गरेको भन्दै अर्थ सरोकारका सम्पादकले राजु पौडेलसँग कुनै पनि कारोबार नगर्ने भनेपछि आइएमइ रेमिटको उपल्लो तहबाट राजु पौडेलसँग कुनै पनि सम्बन्ध नराख्न र आइएमइको विज्ञापन आफुले पठाउने भन्दै अनलाइनका लागि रिलिज अर्डर पठाईएको थियो ।


पहिलो घटनाको प्रसङ्ग :
कार्यालय समय भन्दा पछी राती-राती (विशेष गरी पारिवारिक समयमा) फोन गर्ने, घन्टौ कुरा गर्ने, कुराकानीमा अधिकांस समय आइएमइको फुर्ती लाउने र घुमाउरो पारामा पत्रकार थर्काउने व्यवहारपछी उनको बारेमा विभिन्न पत्रकारहरुले पटक पटक गुनासो पोख्ने गरेका थिए । यहि गुनासो अर्थ सरोकारका सम्पादकले पनि आइएमइ ग्रुपको विभिन्न तहसम्म पुर्याउँदै आइएमइसंगको कारोबारमा राजु पौडेल बिनै कारोबार गर्ने भएमात्र विज्ञापन राख्ने सर्त अर्थ सरोकारको मार्केटिङ समूहले राख्ने गरेको थियो ।

यसअघि पनि राजु पौडेलले नितान्त: पारिवारिक समयमा फोन गर्दै अर्थ सरोकारका सम्पादकलाई घुमाउरो पाराले थर्काउँदै आइएमइ रेमिट्यान्सको समाचार प्रकाशित भए अन्य ठाउँबाट पनि विज्ञापन रोकिदिने भन्दै धम्की दिएका थिए । त्यसपछि पनि आइएमइ ग्रुप अन्तर्गतका विभिन्न गैरकानुनी कामको अर्थ सरोकारले पर्दाफास गरिरहेको छ ।

राजु पौडेलले अर्थ सरोकारकर्मीलाई १ घण्टा, त्यो पनि नितान्त पारिवारिक समयमा गरेको कुराकानीको अडियो हामी आगामी अंकमा प्रकाशित गर्दैछौं । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: