×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बल्ल मिल्यो एमाले-माओवादीको पद बाँडफाँड, हेर्नुहोस् को-को बन्ने भए अध्यक्ष, उपाध्यक्ष र महासचिव ?

पार्टी एकीकरणको प्रयास हुँदै गर्दा नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बन्ने संयुक्त पार्टी नेपाल कम्युनिष्ट केन्द्रका लागि पद र जिम्मेवारी बारे प्रारम्भिक रुपमा बाँडफांडको  टुंगो लागेको छ । दुवै पार्टीका शिर्ष नेताहरुबीच भएको छलफलमा पद बाँडफाँडको खाका तयार भएको बताइएको छ ।
पार्टी अध्यक्ष ओली बन्‍नेकी प्रचण्ड बन्‍ने भन्‍नेमा विवद भएपछि दुबै जनाको अध्यक्षमण्डल बनाउने त्यसपछि तीन जना वरिष्ठ नेता, तीन जना उपाध्यक्ष, दुई जना महासचिव र सात जना सचिव बनाउने सहमति भएको छ । यता वरिष्ठ नेतामा एमालेबाट माधव कुमार नेपाल, झलनाथ खनाल र माकेबाट नारायणकाजी श्रेष्ठ रहेन बताइएको छ । त्यसैगरी महासचिवमा दुई जनामा एउटा एमालेबाट र अर्को माकेबाट राख्‍ने, सात सचिवमा एमालेको भागमा चार र माकेको भागमा तीन जना पर्ने गरी प्रारम्भिक खाका तयार गरिएको स्रोतको दाबी छ ।
यता ओलीलाई ५ वर्षका लागि प्रधानमन्त्री र प्रचण्डलाई अध्यक्ष बनाउनेमा माओवादीभित्र छलफल व्हालेको बताइएको छ । माओवादी केन्द्र बिकट श्रोतका अनुसार पार्टी एकताको विषय शीर्ष तहमा ‘वान टु वान’ सहमति गरेपछि यसलाई अन्तिम रूप दिने तयारीका साथ छलफल भइरहेको छ ।
यता एमालेको प्रस्ताव भने केहि फरक आएको छ । पार्टी एकतालाई अन्तिम टुंगोमा पुर्याउन एमालेका तर्फबाट तत्कालका लागि दुई अध्यक्ष सम्मिलित अध्यक्षमण्डल बनाएर जाने प्रस्ताव गरिएको बुझिएको छ । एमालेका शिर्ष नेताहरुबीच छलफल हुँदा यस्तो विकल्प अगाडी सार्ने आन्तरिक सहमति भएको हो । एमालेको त्यस्तो प्रस्तावमा माओवादी केन्द्रका नेताहरू भने अहिले नै राजी भइनसकेको बताइएको छ । एमाले नेताहरूले भने महाधिवेशनसम्म दुई अध्यक्ष सम्मिलित अध्यक्षमण्डल गठन गरेर जाँदा वैज्ञानिक हुने तर्क गरेका छन् ।
दोश्रो विकल्पमा पार्टी एकताबारे नेताहरु सिद्धान्त र निति र योजनामा एक मत भइसकेपछि दोस्रो विकल्पका रूपमा दुवै पार्टीका सबै कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति तय गरेर जाने विषयमा पनि छलफल भइरहेको बुझिएको छ । भने तेस्रो विकल्पका रूपमा पार्टी अध्यक्षसहित पदाधिकारी तोकेरै आगामी महाधिवेशनसम्म जाने गरी छलफल चलिरहेको छ । तेस्रो विकल्पमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, दुई जना महासचिव र सात जना सचिव तस्तै केही बरिष्ठ नेताहरु तय गरेर जानेगरी छलफल भइरहेको छ ।
यद्यपी माओवादीभित्र येकाताको विषयलाई लिएर विवाद बाँकी नै छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: