×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शुक्रवारबाट सानिमा लाईफ इन्स्योरेन्स सञ्चालनमा

काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले शुक्रवारबाट जीवन बीमा व्यवसाय सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले व्यवसाय शुभारम्भ गरे ।
सानिमा बैक तथा राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैर आवसिय नेपालीहरुको समुहले कम्पनीको प्रवद्र्धन गरिएको छ ।
कम्पनीको शुभारम्भमा सानिमा सरल तथा एकल भुक्तानी (सावधिक) जीवन वीमा योजना, सानिमा दिर्घायु (सावधिक तथा आजीवन) जीवन वीमा योजना र सानिमा धनपति (अग्रिम भुक्तानी) जीवन वीमा योजना सञ्चालनमा ल्याएको छ ।
कम्पनीको अधिकृत पूँजी ३ अर्व र जारी पूँजी रु २ अर्व रहेको छ । जारी पुजी मध्ये रु १ अर्व ४० करोड चुक्ता भै सकेको छ । कम्पनीले निकट भविष्यमा जारी पुजीको ३० प्रतिशत अर्थात रु ६० करोड सर्वसाधारणमा सेयर विक्री गर्नेछ ।
कम्पनीले सोही दिन सम्पन्न प्रथम वार्षिक साधारण सभाले कुमार प्रसाद कोइराला, घनश्याम थापा, सुवर्णदास श्रेष्ठ र बद्रि बिशाल घिमिरे सञ्चालक समितिमा नियुक्त भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: