×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समाज सेवाको नाममा प्रदेश प्रमुख अनुराधाको अवैध धन्दा ! बैंकदेखि अख्तियारसम्म सेटिङ

काठमाडौं – प्रदेश नम्बर ३ को प्रमुखमा नियुक्त भएपछि अनुराधा कोइरालाका अवैध र अनुचित कार्यहरु खुल्दै आएका छन् । नागरिकता विवाद सेलाउन नपाउँदै कर छलि गर्ने गर्ने गरेको खुलासा भएको छ ।
माइती नेपालकी अध्यक्ष समेत रहेकी कोइरालाले समाजसेवाको नाममा अवैधरुपमा भौतिक संरचना खरिद गर्ने गरेको खुलासा भएको छ । विभिन्न बैंकमा धितो राखिएका घरजग्गालाई बैंककै कर्मचारीको मितिमतोमा लिलामी अगाडिनै गुपचुप जग्गा खरिद गर्ने गरेको पछिल्लो घटनाक्रमबाट खुल्न आएको छ ।
कोइरालाले माइती नेपाल नामको संस्थाको आडमा विभिन्न ठाउँमा जग्गा खरिद गर्दा सरकारलाई बुझाउनु पर्ने राजस्व समेत छली गर्दै आएको खुलेको छ । माइती नेपालको नाम भजाउदै बैंकले विभिन्न मितिमा विभिन्न व्यक्तीको लिलाम गरेको जग्गा खरिद गर्ने क्रममा २० लाख रुपैयाँ राजस्व छली गरेकी छिन् । प्राप्त समाचार अनुसार मधु केसी नामको व्यक्तीको चावहिल कुमारीगालको २१ आना जग्गा काठमाडौंकै एक बैंकमा धितो राखी ऋण लिएका थिए ।
उनले ऋण तिर्न नसकेपछि उक्त जग्गा लिलामीको प्रक्रियामा बैंकले गरेको थियो । लिलामको मिति २०७३ कात्तिक ११ गते तोकिएको भएपनि कोइरालाले लिलाम गरिएको कात्तिक १० गते नै सो जग्गा बैंकबाट ४ करोड ३० लाख रुपैयाँमा खरिद गरेकी थिईन । बैंकले नै धितो सकार्दा मालपोत कार्यालयले ७ हजार रुपैयाँ राजस्व लिने ब्यवस्था रहेको छ । गत बर्षसम्म ५ हजार रुपैयाँ रहेको थियो । ब्यक्तिको नाममा दाखिला गर्दा साढे ४ प्रतिशतका दरले राजस्व तिनुपर्छ । ब्यक्तिले जग्गा दर्ता गर्दा ४ करोड ३० लाख रुपैयाँको साढे ४ प्रतिशतका दरले करिब २० लाख रुपैयाँ राजस्व अनुराधा कोइरालाले तिर्नुपर्नेमा ५ हजार रुपैयाँ मात्र तिरेर आफ्नो नाममा लिखत गरि जग्गा आफ्नो नाममा पास गरेकी थिईन ।
लिलामी प्रकृयाको समय सकिनु अघिनै कोइरालाले सो जग्गा खरिद गरेको बैक स्रोतले जनाएको छ । चावहिल मालपोत कार्यालयका खरिदार लक्ष्मण बस्नेत र नायब सुब्बा थामप्रसाद श्रेष्ठले अनुराधा कोइरालाबाट १० लाख रुपैयाँ घुस लिएर जम्मा ५ हजार रुपैयाँ मात्र राजस्व तिराई जग्गा दाखा गरेका हुन ।
माइती नेपालकी अध्यक्ष र सहायकमन्त्री समेत भइसकेकी अनुराधा नै नियमतः लाग्ने राजस्व नतिरी घुस खुवाएर काम गर्न उद्यत हुनुले उनको नैतिकतामा पनि प्रश्न उठाएको छ । २० लाख रुपैयाँ राजस्व मारेर मालपोत कार्यालय चावहिलका खरिदार बस्नेत र नासु श्रेष्ठले १० लाख रुपैयाँ घुस लिएको कुरा सोही कार्यालयका एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताए । घुस खाएको हल्ला फैलंदै गए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्नसक्ने संभावना देखेर हतार हतार उक्त जग्गा रोक्का राख्ने काम खरिदार बस्नेत र नासु श्रेष्ठले गरेका छन् ।
अनुराधाले खरिद गरेको ३ दिनपछि खरिदार बस्नेत र नासु श्रेष्ठले जग्गा रोक्का राखी मालपोतमा राजस्व तिर्न ताकेता गर्न थालेका छन । अनुराधा जग्गा खरिद गरी विदेश भ्रमणमा निस्केकाले उनका परिवारजनले किन तिर्ने राजस्व, त्यत्रो घुस दिएको बारेमा अस्वीकार गर्दैआएकी छिन् ।
चावहिल मालपोत कार्यालयका प्रमुख तीर्थ केसीले मलाई केही थाहा छैन भन्दै उक्त जग्गा प्रकरणमा भएको घुस लेनदेनप्रति अनभिज्ञता प्रकट गरेका छन् । उनले अाफू भर्खरै सामान्य प्रशासन मन्त्रालयबाट आएको बताउँदै बुझ्ने बताए ।
कोइरालाको बैंकदेखि कर्मचारी हुँदै अख्तियार दुरुपयोग अायोगसम्म सेटिङ रहेको स्रोतको दाबी छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: