×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रम देउवाले बोलाएको मन्त्रिपरिषद बैठक स्थगित, अव कहिले हुने ?

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे बोलाएको बैठक बैठक स्थगित भएको छ । उक्त बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने गरी बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको हो । अव मन्त्रिपरिषद बैठक बुधबार बिहान ९ बजेसम्म स्थगित गरिएको हो ।
मन्त्रिपरिषद बैठक अब बुधबार बिहान बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दल र आफ्नै पार्टीभित्र छलफल गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुखको नियुक्ति नहुँदा प्रदेश सांसदहरुले सपथ पनि लिन पाएका छैनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: