×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बम गठबन्धनका शिर्ष नेताहरु बीच गोप्य सहमतिः प्रचण्डलाई अध्यक्ष मान्‍न ओली तयार !

काठमाडौँ – बम गठबन्धनका शिर्ष नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष प्रचण्डबीच गोप्य सहमित भएको खुलासा भएको छ ।
एमाले नेता एवं नवनिर्वाचित सांसद पार्वत गुरुङले ओली र प्रचण्डबीच प्रधानमन्त्री र पार्टी अध्यक्षबारे गोप्य सहमति भइसकेको खुलासा गरेका हुन् । प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्ड बन्‍ने सहमति भइसकेकोले छिट्टै पार्टी एकता हुने गुरुङले बताए । उनले ओली प्रचण्डलाई अध्यक्ष स्वीकार गर्न तयार भइसकेको बताए ।
‘प्रधानमन्त्रीको बन्छ भन्नेबारे अब कुनै अलमल छैन । केपी ओलीजी नै प्रधानमन्त्री बन्नुहुन्छ, पुष्पकमलदाहाल प्रचण्ड अध्यक्ष बन्नुहुन्छ’ गुरुङले भने । उनले प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्दा कुनै आपत्ति हुन नहुने बताए ।
दोलखाबाट प्रतिनिधि सभा सदस्‍यमा निर्वाचित नेता गुरुङले वाम गठबन्धनलाई जनताले स्थिरता र विकासका लागि मत दिएको भन्दै सोहीअनुसार अब बन्ने सरकारले काम गर्ने दाबी गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: