×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शनिबार विदाको दिन पनि बैंक खुल्ने

काठमाडौं – आउदो शनिबार सार्वजनिक विदाको दिन पनि बैंक खुल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गरी आउदो पुस २९ गते एक दिन विदाको दिन पनि खुला गर्न बैंक तथा वित्तीय संस्था र नेपाल क्लियिरिङ हाउस लिमिटेडलाई भनेको हो ।
आउदो शनिबार बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालय, राजश्व कार्यलय राजश्व संकलनका लागि खुला हुने राष्ट्र बैंकले जनाएको छ ।
वर्षैभरी असोज, पुस, चैत र असार २५ गतेपछि शनिबार पर्न गएमा सो दिन बैंक तथा वित्तीय संस्था र क्लियरिङ हाउस खुला गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: