×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको नगद वितरण कार्यक्रम सम्पन्न

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ पुष २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंकको नगद वितरण कार्यक्रम सम्पन्न

“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई आत्मसात् गर्दै अनवरत रूपमा ग्राहकवर्गको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धादिङ्ग जिल्लाको झारलाङ्ग र रिगाँउ गाविसमा नगद वितरण (Cash Camp) कार्यक्रमको आयोजना गरेको छ ।
विश्व खाद्य कार्यक्रमको आयोजना र Welt Hunger Hilfe को सहकार्यमा पुस १३ –२० गते सम्म गरी ८ दिनसम्म उक्त कार्यक्रम संचालन गरिएको थियो । विशेष गरी भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो ।
बिकट मानिने गाउँहरुमा पनि बैंक जनताको घर दैलोमा पुगेर बैंकिंग सेवा प्रबाह गरिरहँदा स्थानीयहरुले खुशियाली व्यक्त गरेका छन् । २७७२ परिवारलाई कूल नगद रु ३४,३०४,०००.०० वितरण गरि उक्त Cash Camp सफलतापूर्वक सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ । 
बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले व्यक्त गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: