×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्री देउवाको सपना चकनाचुर ! किन ? विस्तृतमा पढ्नुहोस्

काठमाडौँ- प्रधानमन्त्री  देउवाको सपना चकनाचुर भएको छ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नीलाई राष्ट्रियसभा मार्फत सांसद बनाउने योजनाले फेल भएछि देउवाको सपना चकनाचुर भएको हो। हालसालै बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले चुनाव हारेका र समानुपातिक सूचीमा नाम परेकाहरुलाई राष्ट्रियसभामा नलैजाने निर्णय गरेको छ । यस्तो निर्णय भएसँगै राणा सांसद बन्ने बाटो बन्द भएको हो ।
वास्तवमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, रामशरण महत, डा. शेखर कोइरालालगायतलाई राष्ट्रिय सभामा ल्याउने र त्यही मौकामा पत्नि आरजुको पनि नाम सुटुक्क पसाउने तयारी गरेका थिए । तर चुनाव हारेका पौडेल र कोइराला समूहका अधिकांश नेताहरुले आफूलाई अहिले कुनै लोभ र मोह नभएको भन्दै पूराना तथा पाका नेताहरुलाई ल्याउन जोड दिएका थिए ।
राणा प्रतिनिधि सभामा पराजित भएपछि उनी प्रत्यक्ष रुपमा सांसद बन्न सकिनन् । कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी राणा एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: