×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राजधानी माग्दै पुनः धनकुटा बन्द अाह्‍वान

धनकुटा – प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले विहीबार पनि धनकुटा बन्द गरेका छन् ।
धनकुटालाई प्रदेश नं.१ को राजधानी तोकिनुपर्ने माग राख्दै आन्दोलनरत स्थानीयले एक महिना अघिदेखि चरणबद्ध आन्दोलनका गतिविधि गर्दै आएका छन् ।
लगातार ६ दिनसम्म आमहड्ताल गरिएको धनकुटामा विगत २ दिन अघिदेखि आन्दोलनको स्वरुप बदलिएको थियो तर आज पुन: बन्द अाह्‍वान गरिएपछि जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण धरान धनकुटा सडक खण्डमा बिहानैदेखि यातायात चलेका छैनन् । बिहानैदेखि बन्दकर्ताले धनकुटाको जीरो प्वाइन्ट, आत्मारा ढाट, देब्रेबास लगायतका स्थानमा सडकमा सवारी साधन रोकेका छन् । सरकारले भने प्रदेशको अस्थायी मुकाम नतोक्ने निर्णय गरिसकेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: