ह्वातै बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ५६ हजारमा कारोबार भइरहेको छापावाला  सुन आज ४ सयले बढेर प्रति तोला ५६ हजार ४ सय मुल्यमा कारोबार भैरहेको छ ।

त्यस्तै गरि चाँदीको मुल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ३ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Thursday, January 11, 2018
,

recent

Popular Posts