×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पाल्पामा गोली चल्यो, १ जनाको मृत्यु

काठमाडौँ – पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामको छत्तीवन जंगलमा गोली लागेर एक जनाको ज्यान गएको छ ।
उक्त घटना ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर छिमेकी ६२ वर्षका धनबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
‘बाँदरलाई हानेको भरुवा बन्दुकको गोली झुक्किएर अर्को मान्छेलाई लागेको भन्ने छ ।’ जिप्रका पाल्पाका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा मगर भने -‘धनबहादुरको घटनास्थलमा नै ज्यान गएको छ ।’
गोली हान्ने बलबहादुरलाई भरुवा बन्दुकसहित पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पिडित पक्ष भने आक्रोशित भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: