×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइएमईका व्यवसायिक साझेदार युएई भ्रमणमा

गएको आर्थिक वर्षका पछिल्ला छ महिनामा व्यवसायिक साझेदारहरुले गरेको रेमिट्यास कारोबारका आधारमा आइएमई लिमिटेडले आफ्ना १० व्यवसायिक साझेदारहरुलाई युएईको १० दिने भ्रमण गराएको छ । बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितीको आधारमा व्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्य तोकी विभिन्न समुहमा बर्गिकरण गरिएको थियो । यो मुल्यांकन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्य प्राप्त गर्न सफल प्रत्येक समुहबाट एक÷एक गरी कुल १० जनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको थियो । 
त्यस्तै गत मंसिरमा आफ्ना १० जना व्यवसायिक साझेदारहरुलाई आइएमईले सुदुरपश्चिमस्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको थियो । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मा दिइएको व्यवसायिक साझेदारमूखि ब्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत १० व्यवसायिक साझेदारहरुलाई छनौट गरिएको थियो । 
आफ्नो स्थापना देखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आइएमई सेन्टरसहित सातै वटा प्रदेश र ७७ जिल्लाका सात हजार एक सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: