×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बेहोस हुने बेलासम्म पनि पुलिसले कुट्न छोडेन, देख्नेहरुका आँखा रसाए (भिडियोसहित)

काठमाडौं – पछिल्लो समयमा एक भिडियो निकै भाइरल भइरहेको छ । यो घटना भारत यूपीको हमिरपुर भन्ने ठाउँको हो । जहाँ चार जना पुलिसहरुले एक १६ बर्षीय किशोरलाई निर्घात रुपमा कुटपिट गरेका छन् । ति किशोर दयाको भिख माग्दै रोइरहेका छन् देख्नेहरुका आँखा रसाएका होलान उनको त्यो रोधनलाई सुन्ने कोहिपनि छैनन् । त्यतिमात्र होइन्, एक पुलिसले ति युवक लडिरहेको बेला फिल्मी शैलीमा उनको हातलाई खुट्टाले किचेर समेत कुटपिट गरेका छन् ।

खबर अनुसार ती कुटाइखाने किशाेरलाई पुलिसले चोरी गर्दैगर्दा रंगेहात पक्राउ गरेका थिए । सोही कारण पुलिसहरु सडकमै आफै अदातल र आफै न्यायाधिश बनेका थिए । हेर्दा हेर्दै सो ठाउँमा मानिसको भिड लाग्यो । उक्त भिड देखेपछि पुलिसले ती किशेारलाई लगेका थिए ।
प्रहरीकाे याे हर्कतको एक प्रत्यक्षदर्शीले आफ्नो मोबाइलबाट भिडियो खिचेका थिए । जुन भिडियो भाइरल भएपछि पुलिसले यसलाई हल्का बलको प्रयोग भनेर उम्किने प्रयास गरेको छ ।
हेर्नुहोस् तपाई पनि उक्त भिडियो

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: