×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रोकिएन जनता बैंकका नाममा ‘भाइबर आतंक’, जनता फसीरहँदा पनि किन खास मतलव राख्दैन बैंक ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- केहि समयअघि धेरैलाई पच्चीस लाखको चिट्ठा परेको भन्दै भाइबर कल गरेर जनता ठग्ने काममा लागेका केहि भारतीय गिरोहहरु जनता बैंकले यस प्रकरणलाई खास वास्ता नगर्दा यस्तो ठगी कार्यक्मा पुन: सक्रिय भएका छन् । जनता बैंकले सामान्य सुचना मात्र दिएर बैंकको यसमा सहभागीता नभएको बताएको थियो । तर बैंकले उक्त प्रक्रियालाईपनि औपचारिकतामा मात्र सिमित राखेपछि ठगहरु झनै सलबलाएका छन्।एकातर्फ जनता बैंक आफ्नो नाम मुछिंदा पनि यस प्रकरणमा सक्रिय नभएपछी जनता ठगिने क्रम बढीरहेको छ भने अर्कोतर्फ बैंकप्रतिको विश्वास पनि घट्दै गएको छ ।  
बुधबारपनि थुप्रै फोनहरुमा यस्ता कल आएका छन् । विभिन्न नम्बरबाट आएका सन्देशहरुमा भारतीय टिभी च्यानल सोनी, जनता बैंकको लोगो र नेपाली राष्ट्रिय झण्डा समेत राखिएको छ । उक्त फोटोमा निर्देशक भन्दै सहि समेत गरिएको छ भने भारतीय टिभी कार्यक्रम ‘कौन बनेका करोडपति’ र उक्त कार्यक्रमका सञ्चालक अमिताभ बच्चनको फोटो समेत राखिएको छ ।    
यस्ता घटना पछिल्लो समयमा भाइबर र ह्वाट्स एपमा धेरै भएको छ । केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) का अनुसार यस्ता खालका तीन चारवटा केस दर्ता भइसकेको छ । यो अनुसन्धानको क्रममा छ । तर केही पत्ता लाग्न भने सकेको छैन । तर जनता बैंकले जुन तदारुकता देखाउनुपर्ने हो, त्यो नदेखाउँदा जनताहरु ठगिने क्रम बढेको छ । 
यसो त यस विषयमा टेलिफोन सेवाप्रदायक कम्पनीले पनि आफ्ना ग्राहकलाई सूचना दिन यस अवधिमा विभिन्न सन्देशमूलक पोस्ट फेसबुक तथा ट्वीटरमा हालिरहेको छ । तर केहि समय यता टेलिकमले उक्त कामलाई पनि रोकेपछि ठगहरु झनै सलबलाएका छन् । यद्यपी बैंकले भने आफुले सुचना प्रकाशित गरेर नै त्यस्ता भ्रममा नलाग्न अनुरोध गरिसकेको बताएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: