×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ सरकार बनेको दिन सबै ठाउँमा मिठाई पुर्याउन सकिँदैन, अाफैं किनेर खानुहाेला: ओली

काठमाडौं – नेकपा एमाका अध्यक्ष केपी शर्मा ओलीले छिट्टै नयाँ सरकार बन्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ६७ औं साधारण सभाबाट निर्वाचित समितिलाई बधाई ज्ञापन गर्न पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नयाँ सरकार आउनासाथ शेयर बजारमा असाधारण सुधार आउने पनि उनको तर्क थियो । ‘सरकार बनेका दिन दिपावली गरे हुन्छ, मिठाई खाए हुन्छ, सबै ठाउँमा पुर्याउन सकिँदैन आफैं किनेर खाए हुन्छ’, उनले भने । अाफ्नाे नेतृत्वमा सरकार बनेकाे दिन दिपावली मनाउनपर्ने उकाे भनार्इ थियाे । तर नयाँ सरकार कहिले गठन हुन्न भन्ने विषयमा उनले केहि भनेनन् ।
एक अर्को प्रसंगमा उनले छिमेकी देशसँग नयाँ मान्यताका आधारमा सुमधुर सम्बन्ध राखेर अघि बढ्न चाहेको बताएका छन् ।
‘हामी हिजोको जस्तो नभई आज विकसित मान्यताका आधारमा छिमेकी देशहरूसँग समधुर सम्बन्ध राख्न चाहन्छौं’, उनले भने, ‘हिजो ठूला र बलियाले सानामाथि आफ्नो प्रभुत्व कायम राख्थे । आज त्यो समय होइन ।’
संविधान, विधि विधान, नियम र नैतिकताले गर्न नमिल्ने काम म्यान्डेट गुमाएको सरकारले गरिरहेको भन्दै उनले कटाक्ष गरे । ‘राजस्व सङ्कलन हामीले गरेको त्यसैले खर्च गर्छौं भन्नेपनी सुन्छु, अचम्म लाग्छ आफैंले ढिकुटीमा पैसा हालेजस्तो कुरा छन्’, उनले भने ।
आफूहरु राष्ट्र निर्माणको अभियानमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले विकासका काममा अब धैर्य, प्रतीक्षा र प्रयोग गर्न समय नभएको जनाए । ‘हामी पछि पर्नुमा भौगोलिक र प्राकृतिक कारण छैन’, उनले भने, ‘आफ्ना र दुनियाँका विकासका गतिलाई हेरेर अब समृद्धिको यात्रा सुरु गर्छौं ।’
निजीकरणले नेपालका उद्योग सिध्याउने काम गरेको उनको भनाइ थियो । ‘प्राइभेटाइजेशनले नेपालमा उद्योग सिध्याउने मात्र काम गरे । निजी क्षेत्रलाई सहजीकरण गर्न र अनुकूल वातावरण निर्माण गर्न हामी तयार छौं’, उनले भने, ‘पैसा जब चल्छ त्यसले बल्ल फुल पार्ने चल्ला पार्ने काम गर्छ । हाम्रो नीतिशास्त्रले विद्या जति बाँड्यो त्यति बढ्छ भन्छ, पैसा पनि त्यस्तै हो ।’
संविधानको गलत व्याख्या गरेर अल्झाउने प्रयास भएको उनले सुनाए । ‘अग्रगमनलाई रोक्ने काम राणाहरुले गर्थे, राजाहरुले गर्थे तर देश त अघि बढी छाड्यो । जनताको अभिमतलाई अलिअलि खल्बल्याउन सकिएला तर पूरे उल्टो दिशामा फर्काउन सकिँदैन’, ओलीले भने।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: