×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ झाडू बोकेर लालबाबु सडकमा उत्रिएपछि…

काठमाडौँ – सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउन अघि बढेका चर्चामा आएका लालबाबु पण्डित बिहीबार बिहान हातमा झाडू लिएर तीनकुनेमा देखा परे । उनको कार्य देखेर केहि समयपछि उनलाई साथ दिनेहरु थपिदै गए, पण्डितले झाडु लगाइरहदाँ तस्वीर खिच्नेहरुको पनि कमि थिएन ।
हातमा झाडू र फोहोर हाल्ने टोकरी बोकेको यो समूहले क्लिन काठमाडौं अभियान अन्तरगत कोटेश्वरदेखि माइतीघर मण्डलासम्मका सडक बिहीबार बिहान सफा गरिएको छ ।
यो अभियान ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ सुरू भएकाे हाे । अभियानमा एमाले नेता लालबाबु पण्डित, काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीका साथै विद्यार्थी, सुरक्षाकर्मी लगायतले सहभागिता जनाएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: