×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मोदीको एक टेलीफोनले ओली-प्रचण्डको तनाव चैट, एउटा अध्यक्ष र अर्को सर्वोच्च नेता बन्ने सहमति !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक टेलीफोनसंगै एमाले-माओवादी केन्द्रबीचको एकता पनि टुंगोमा पुग्ने देखिएको छ ।२ पार्टीबीचको एकता करिबकरिब अन्तिम चरणमा पुगेको छ । आइतबारसम्म आउँदा नेतृत्व बाँडफाँडबारे कुरा नजिक पुगेको छ । तर, आगामी कार्यदिशामा भने कुरा मिलेको छैन । मुख्या कुरा अड्‍किन नेतृत्वमा हो, यसको कुरा मिलेपछि एकता हुने पक्कापक्की जस्तै भएको छ ।
एमाले र माकेको नेताहरु पहिलो नेतृत्वको कुरा करिब करिब टुंगोमा पुगेपछि विचार र राजनीतिबारे छलफल सुरु गरेका छन् । स्रोतका अनुसार नेतृत्वबारे ओली र प्रचण्डबीच मोटामोटी कुरा टुंगिएको छ । स्रोतले दाबी गरेअनुसार प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष र ओली सर्वोच्च नेता बन्ने सहमति भएको छ ।आइतबार अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेका थिए ।
प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका छन् । ओलीले प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको पनि बताएका अधिकारीले उल्लेख गरेका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणकाे निमन्त्रणा दिएका छन् । ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका छन् । मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका ओलीका प्रेस संयोजक अधिकारीले जानकारी दिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: