×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादी केन्द्रबाट को-को राष्ट्रियसभा चुनाव लर्दै, यी हुन् नामहरु

काठमाडौँ – नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा उम्मेदवारको नाम टुंगो लगाएको छ । मंगलबार बसेको बैठकले माओवादी नेता रामबहादुर थापासहित १३ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । एमालेसँग सहकार्य गरेको माओवादीले १४ सिटमध्ये १३ मा उम्मेदवार टुंगो लगाएको छ । माओवादीले मधेससँग गठबन्धन हुन सक्ने भन्दै प्रदेश नं. २ बाट एक जना उम्मेदवारको नाम खाली रहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ एवं रामबहादुर थापा सम्मिलित तीन शीर्ष नेताहरूको बैठकले उम्मेदवार चयन गरेको हो । सोमबारको बैठक २१ आकांक्षी देखिएपछि माओवादीले उम्मेदवार चयनको जिम्मा अध्यक्ष दाहाल तथा नेताहरू श्रेष्ठ र थापालाई दिने निर्णय गरेको थियो ।
माघ १५ मा राष्ट्रिय सभा निर्वाचन गर्ने निर्वाचन आयोगको तयारी छ । आयोगले १० गतेभित्र उम्मेदवार टुंगो लगाउन दलहरुलाई समय सीमा तोकेको छ ।
यी हुन् सातै प्रदेशका माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वार

प्रदेश १
बीना पोखरेल (महिला)
प्रदेश २
१. शशिकला दाहाल (महिला)
२‍. मधेशी दलका लागि
प्रदेश ३
१. रामबहादुर थापा ‘बादल’ (खुला)
२. गंगा पराजुली (महिला)
प्रदेश ४
१. दीनानाथ शर्मा (खुल्ला)
२. खीमकुमार बिक (दलित)
प्रदेश ५
१. राजकुमार कुंवर (अल्पसंख्यक–अपांग)
२. चन्द्र बहादुर खड्का (खुला)

प्रदेश ६
१. जीवन बुढा (अपाङ्गरअल्पसंख्यक)
२. युटुल लामा (महिला)
३. कालीबहादुर मल्ल (खल्ला)
प्रदेश ७
१. लालिराम लोहार (दलित)
२. हरिराम चौधरी (खुला)
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: