×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एन आई सी एशिया म्यूचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं – एन आई सी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको एन आई सी एशिया ग्रोथ फण्ड/ म्यूचुअल फण्ड यही मिति २०७४ माघ २ गतेदेखि बिक्री खुल्ला हुदैछ । 
औषतमा बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफल भन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणहरुको म्यूचुअल फण्ड प्रति आर्कषण बढदै गहिरहेको छ । उक्त म्यूचुअल फण्डले औषत बार्षिक रुपमा न्यूनतम १६ प्रतिशत सम्म नगद लाभाँश दिने अपेक्षा एन आई सी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री झनक राज ढुङ्गेलले बताउनु भयो । साथै, म्यूचुअल फण्डको बार्षिक प्रतिफल पहिलो बर्ष १५.५७ तथा सातौ बर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको छ ।
लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हुँदा यसबाट प्राप्त हुने प्रतिफल उच्च हुनेमा क्यापिटल विश्वस्त रहेको छ । साथै यस फण्डले आम्दानीको आधारमा आफ्ना इकाई धनिहरुलाई प्रत्येक बर्ष नगद लाभाँश वितरण गर्नेछ । 
एन आई सी एशिया क्यापिटल लि.ले यो योजनाका इकाईहरु यही माघ २ गते, मंगलबार देखि बिक्री खुल्ला गर्दैछ । उक्त फण्डको आकार १ अरव रुपैयाको रहेको छ । जस मध्ये सो को १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्धक श्री एन आई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुका लागि बिक्री गरिनेछ । यो योजन छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्मा निष्काशन तथा बिक्री खुल्ला हुनेछ । 
यो म्यूचुअल फण्डमा सहभागी हुन चाहाने संघसंस्था तथा व्यक्रिहरुले न्यूनतम १०० इकाई देखि अधिकतम् २० लाख इकाई सम्म खरिद गर्नका लागि आवेदन गर्न सकिनेछन । उक्त इकाईहरु श्री नेपाल स्टक एकस्चेन्ज लि.मा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा खरिद बिक्री गर्ने व्यवस्था मिलाईने कुरा प्रमुख कार्यकारी अधिकृत ढुङ्गेलज्यूले बताउनु भयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: