×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङमा ‘बदनाम’ सीएन पाण्डे ‘नाट्टा’को अध्यक्षका उम्मेदवार, आफ्नै समकक्षीको ‘असहयोग’, के छ त जित्ने आधार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सञ्चालक हुन ‘अयोग्य’ भएर पनि पदमै बसीरहेको भन्दै पछिल्लो समय अत्याधिक विवादमा परेपछी बैंकिङ क्षेत्रमा सीएन पाण्डेका दिन गएको विश्लेषण गरिएका बेला उनै पाण्डेले नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) मा अध्यक्षका लागि उम्मेद्वारी दिएका छन् । बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) विपरित सञ्चालक पदमा बसीरहेको भन्दै नेपाल राष्ट्र बैंक, नेप्से, धीतोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका कार्यालयमा उनी विरुद्ध बर्खास्ती र कारवाहीका लागि उजुरी परेको छ । यद्यपी अयोग्य भएर पनि बैंकमा सञ्चालकको पद नछोडेपछी पदका लागि जे पनि गर्ने तर काम केहि नगर्ने व्यक्ति भन्दै पछिल्लो समय व्यापक आलोचना खेपीरहेका पाण्डे नाट्टाको अध्यक्षका प्रत्यासी बनेका छन् । मेगा बैंकको आन्तरिक कलहका बिउको भएकोसमेत आरोप लागेका पाण्डेले नाट्टाको चुनाव जिते पनि नाट्टालाई राम्रो बनाउलान् वा मेगामा जस्तै कलहको बिउ बनेर संस्थालाई बर्बादीतर्फ लैजालान् भन्ने चर्चा-परिचर्चा हुन थालेको छ ।

बैंकिमा धेरैको छि-छि र दुर-दुर, नाट्टामा के होला ?
मेगा बैंकमा उनको योग्यतालाई लिएर विभिन्न निकायमा उजुरी पर्दा पनि र उनी अयोग्य छन् भन्ने कुरा पुष्टी हुँदा पनि पदलोपुता देखाएर सञ्चालक पदमै बसीरहेको भन्दै नेपाली बैंकिङ क्षेत्रमा अधिकांसको छि-छि र दुर दुरको पात्र बनेका सीएन पाण्डेले नाट्टाको चुनावमा बाजी मार्लान् वा बैंकिङ क्षेत्रमा बिग्रिएको उनको छविका कारण उनी नाट्टामा पनि पछारिन्छन् भन्ने बहससमेत जानकारहरुसमक्ष हुने गरेको पाइएको छ । यसो त उनी बामपन्थी पर्यटन व्यवसायीको प्रतिनिधित्व गर्दै चुनावमा होमिन लागेका हुन् । देश नै बाममय बनेका बेला उनले चुनाव जित्छन् भन्ने अड्कल एकाथरी पर्यटन व्यवसायीको छ भने बामपन्थी व्यवसायीहरुभित्रै पनि बाम गठबन्धनका उम्मेदवार भएपनि उनको बिग्रेको छविले उनी हार्छन् भन्ने विश्लेषण गरिरहेका छन् ।       
यद्यपी आज दरबारमार्गस्थित एक होटलमा उनले पत्रकार सम्मेलन आयोजना गरी  उनले आफ्जो जीत लगभग निश्चित भइसकेको दावी गरेका छन् । पत्रकार सम्मेलनमा संचारकर्मीहरुसंग बोल्दै उनले सक्षम र व्यवसायिक टिमले नाट्टा चलाउनु पर्ने बताएका छन् । तर नेपाली बैंकिङ क्षेत्रमा उनी असक्षमको बिल्ला भिर्न वाध्य भएका सबैभन्दा विवादित व्यक्ति हुन् । यसो त बिगत लामो समय नेपाली पर्यटन क्षेत्रमा विताएका उनी पर्यटन क्षेत्रमा पनि विवादरहित भने छैनन् । उनका विवादबारे हामी आगामी अंकमा प्रस्तुत गर्दैछौं ।
राजनीतिक प्यानलसहित चुनाव हुँदै !
नाट्टाले दिएको जानकारी अनुसार संस्थाको ५१औ बार्षिक साधारणसभा तथा निर्वाचन यही पुष २८ गते होटल सोल्टीमा हुँदैछ ।  कुल ४ सय ६७ मतदाता रहेको संस्थामा लोकतान्त्रिक गठबन्धनबाट भने अच्यूत गुरागाईंको नाम अगाडि आएको छ । बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवैले आ-आफ्नो प्यानल घोषणा गरी चुनावमा होमिने तयारी गरिरहेका छन् । देशनै बाममय भएका बेला गठबन्धनका तर्फबाट सीएन पाण्डेजस्ता विवादित व्यक्तिलाई उठाएका कारण बामपन्थी पर्यटन व्यवसायीहरुनै असन्तुष्ट बनेको जानकारहरु बताउंछन् । यहि कारण उनलाई हराउन अहिले उनकै समकक्षीहरुपनि भित्रभित्रै लागेका छन् । उनी निकट मानिएकाहरु नै बाहिरि रुपमा उनलाई सहयोग गरेजस्तो गर्ने तर भित्रभित्र उनको भण्डाफोर अभियानमा लागेका छन् । आफ्नै समकक्षीको यस्तो ‘असहयोग’ पछी अव उनको जित्ने आधार के त ? भन्ने पनि प्रश्न उठेको छ ।   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: