×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशियाको आँबुखैरेनी र गोरखा शाखा सञ्चालन

काठमाडौं – एनआईसी एशिया बैंकले तनहुँको आँबुखैरेनी गाँउपालिका वडा नं. ०३ र गोरखा नगरपालिका वडा नं ०६ हरमटारीमा शाखा सञ्चालनमा ल्याएको हो ।
आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापाले आँबुखैरेनी शाखाको र गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीले गोरखा शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी भएको बैंकको दाबी छ । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै बैंकको अधिराज्यभर १ सय ५६ शाखा कार्यालयहरु, १ सय ४१ एटिएम र ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: