एनआईसी एशिया बैंकको २ नयाँ शाखा सिन्धुलीमाडी र बेसीशहरमा

काठमाडौं - एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सिन्धुली कमलामाईको सिन्धुलीमाडी, र लमजुङको बेसीशहर-७ बेसीशहर खुलेको छ ।

सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेशकुमार श्रेष्ठबाट सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाबाट बेसीशहर शाखाको औपचारिक रुपमा उद्घाटन सम्पन्न भएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

यो सँगै अब बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्नेछ ।
प्रकाशित : Monday, January 08, 2018

recent

Popular Posts