×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिलवाल ‘मोष्ट वान्टेड’को सूचीमा पर्ने भएपछि एमाले आत्तियो, हेर्नुहोस् के भन्यो ?

काठमाडौं – सांसद नवराज सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गरेको समाचारप्रति नेकपा एमालेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गरेको विषय जनताको अभिमतको अपमान भएको एमालेको स्थायी कमिटीले ठहर गरेको हो ।
बैठकपछि पार्टी सचिव प्रदीप ज्ञवालीलले जारी गरेको विज्ञप्तिमा सिलवालविरुद्ध पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित भएर गतिविधिहरु भइरहेको पनि पार्टीले आरोप लगाएको छ ।
नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार नोटिस जारी गर्दै सिलवाल हाल देशभित्र नभएकोले अन्तर्राष्ट्रिय स्तर खोजी गर्न लागिएको बताएको छ । इन्टरपोलले सिलवाललाई ‘मोष्ट वान्टेड’को सूचीमा राखेर खोजी गर्ने जनाएको छ ।
अदालतले कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको विषयमा छानबिनको लागि सिलवाललाई खोजिरहेको छ । तर सिलवाल भने प्रहरीले छानबिन शुरु गर्नुअघि देखि नै उनी फरार छन् । सिलवाललाई पक्राउ गर्न देशभरी कै प्रहरी अलर्ट छन् ।
विज्ञप्तिमा भनिएको छ,
ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको छ । इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: