×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ शक्ति बैठकमै फुटको संघारमा, माकेसँग एकता गर्न दवाव

पोखरा – नयाँ शक्तिको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने आवाज उठेको छ । पुस १७ गतेबाट सुरु भएको बैठकमा बोल्ने अधिकांश नेताहरुले माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने पार्टी नेतृत्वलाई सुझाव दिएका छन् भने वाम गठबन्धनबाट बाहिरने निर्णय गलत भएको धारणा समेत राखेका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार माकेसँग एकता गर्ने निर्णय नगरे आफूहरुले अलग ढंगले सोच्ने बताए । संयोजक बाबुराम भट्टराईलाई पार्टी एकताको लागि प्रचण्डसँग छलफल अगाडि बढाउन बैठकमा बोल्ने अधिकांश नेताहरुले दबाब दिएका छन् ।
चुनावको अगाडि भएको वाम गठबन्धबाट बाहिरिएसँगै नयाँ शक्तिमा दुई धार देखिएको थियो । अधिकांश नेताहरुले वामपन्थीसँग चुनावी तालमेल गर्नुपर्ने बताउँदै आएको थियो । गठबन्धनबाट भट्टराई पछी हटेपछि नयाँ शक्तिका नेता र उम्मेदवारहरुले पार्टी परित्याग गर्दै माओवादी केन्द्र र एमालेमा प्रवेश गरेका थिए ।
पहिलो चरणको चुनाव लगत्तै केन्द्रीय सचिवालय सदस्य डा. जनकराज शाहले कैलाली पुगेर वाम गठबन्धसँग सहकार्य गर्नुपर्ने बताएका थिए । उनले पहिलो चरणमा मात्रै काँग्रेस तालमेल भएको भन्दै नयाँ शक्तिका सबै नेता कार्यकताहरुलाई माओवादी केन्द्रलाई मतदान गर्न आह्वान समेत गरेका थिए ।
संयोजक डा. भट्टराईले उठाउँदै आएको आर्थिक समृद्धिको नारा ठिक भएको तर उनको नेतृत्व क्षमताका कारण सम्भव नभएको नयाँ शक्तिका नेताहरुले बताउँदै आएका छन् । त्यो बहस केन्द्रीय समिति बैठकमा पनि उठाइएको छ । “बाबुरामले उठाएको आर्थिक समृद्धिको नारा ठिक छ तर उहाँको नेतृत्वमा त्यो सम्भव छैन, त्यो नारा पूरा हुन माओवादीसँग एकता नै अनिवार्य छ” एक नेताले बताए ।
वाम ध्रुबिकरणको विपक्षमा गएको भन्दै चुनाव अगाडि संगठन विभाग प्रमु्ख देवेन्द्र पौडेलको नेतृत्वमा हजारौं नेता–कार्यकर्ता माओवादी केन्द्रसँग ध्रुविकरण भएका थिए ।
जारी बैठकले पार्टी एकताको लागि ठोस निर्णय नगरे फेरि त्यही स्थतरको विभाजन हुने स्रोतको दाबी छ । देशभरबाट कार्यकर्ताको दवावपछि डा. भट्टराईले केही दिन पहिलेमात्रै माके अध्यक्ष प्रचण्डलाई भेटेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: