‘न्यू इयर’ मनाउन बोलाएर युवतीमाथि होटलमै बलात्कार, घटनामा सीता एयरका स्टेशन म्यानेजर मुछिए !

नेपालगञ्ज -  अंग्रजी नयाँ बर्षकै दिन नेपालगञ्जमा दुखद घटना घटेको छ । ‘न्यु इयर’ मनाउनको लागि साथीसँग होटलमा पुगेकी एक युवतीमाथि बलात्कार भएको छ ।

सुर्खेतरोडस्थित होटल सिग्नेटमा आइतबार 'न्यु इयर' पार्टीको आयोजना गरिएको थियो । घटनामा सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज गिरी भारती पनि मुछिएका छन् । सुर्खेत घर भइलामो समयदेखि होटल सिग्नेटमा बस्दै आएका मनोजले आइतबार सुर्खेतका ४३ वर्षीय निरज गुरुङका साथै केही महिला साथीहरुलाई त्यहि होटलमै बोलाए ।

होटल प्रशासनका अनुसार मनोज ३२१ कोठामा बसेका थिए भने गुरुङ ३०५ मा बसेका थिए । मदिरा सेवन गरेका गुरुङले मध्यरातमा कोठा नम्बर ३०५ मा बसेकी युवतीलाई बलात्कार गरेका छन् । पीडित युवती मनोजको आमन्त्रणमा नै होटल गएकी थिइन् ।

मनोज आफ्नो कोठामा प्रवेश गरेर मादिराको बोटल देखाएर धम्क्याएको र बलात्कार गरेको पीडित यूवतीको बयान छ । उनले बाथरुममा लुकेर प्रहरीलाई फोन गरेको र उनको उद्दार गरेको बाँकेका निमित्ति प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्यालले जानकारी दिए ।

बाँके प्रहरीले बलात्कारको अभियोग लागेका निरज गुरुङसँगै मनोजलाई पनि हिरासतमा लिएको छ । प्रहरीले अनुसन्धानको लागि होटलका सिफ्ट म्यानेजर कपिल रञ्जुलाई समेत नियन्त्रणमा लिएको छ ।

पीडित युवती र गुरुङको मेडिकल जाँच गराइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी जुटेको छ । सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज पनि घटनामा संग्लन हुनसक्ने प्रहरीकाे अनुमान भए पनि सत्यतथ्य बाहिर अाउन बाँकी नै रेहकाे बताइएकाे छ ।
प्रकाशित : Monday, January 01, 2018

recent

Popular Posts