×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउँदै वाम गठबन्धन

काठमाडौं – बम गठबन्दनका दुई दल नेकपा एमाले र माओवादी केन्द्रले  निर्वाचनको परिणाम घोषणामा भएको ढिलाइप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गर्ने भएका छन् ।
दिउँसो तीन बजे नेकपा एमाले र माओवादी केन्द्रका उच्चस्तरीय संयुक्त प्रतिनिधि मण्डलले निर्वाचनसँग सम्बन्धित विषयमा आवश्यक छलफल र ध्यानाकर्षण गर्ने कार्यक्रम रहेको एमाले कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले बताए । त्यस्तै आजै एमाले–माओवादी निकटका जनवर्गीय संगठनहरुले पनि ढिला सुस्तीका विरुद्धमा ध्यानाकर्षण पत्र वुझाउने तयारी गरेका छन् ।
आयोगले राष्ट्रिय सभाको निर्वाचनअघि समानुपातिक तर्फको परिणाम सार्वजनिक गर्न नमिल्ने बताएपछि एमाले नेताहरु प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरुसँग छलफलका लागि जान लागेका हुन् । निर्वाचन परिणाम घोषणा लगायत समग्र प्रक्रियामा आयोगले गरेको ढिलाइका कारण नयाँ सरकार गठनको बाटो लम्बिएको भन्दै एमाले नेताहरुले असन्तुष्टी जनाइरहेका छन् ।
प्रतिनिधीसभाको समानपातिक तर्फको नतिजा लुकाएको भन्ने एमाले नेताहरुले आयोगलाई आरोपलागाएका थिए । नतिजा सार्वजनिक गर्नका लागि कानुनी प्रक्रिया केके छ भनेर नजानेकाले एमालेका नेताहरुले त्यस्तो आरोप लगाएको पञ्मुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवको भनाइ थियो ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, “एमालेका नेताहरुले शंका गर्ने नगर्ने कुरा उहाँहरुको धर्म हो । उहाँहरुलाई नै सोध्नुस् ।”नेकपा एमालेका नेता सुवास नेम्वाङले निर्वाचन आयोगको नियतमाथि आशंका उब्जिएको बताएका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: