×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एकाविहानै आयो प्रचण्डको सबैलाई चकित बनाउने अभिव्यक्ति, ‘जनयुद्ध र माओवाद छाडेर एमालेसँग एकता हुँदैन’

काठमाडौँ- कुनै पनि हालतमा, जसरि पनि माओवादी र एमालेको एकतालाई कुरेर बसेकाहरुका लागि दुखको खबर छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा भएको १० वर्षे सशस्त्र जनयुद्धको अपमान हुने गरी एमालेसँग एकता नहुने बताएका छन् ।
‘हामीले जनयुद्ध र माओवाद छाड्यौँ, जबज स्वीकार गरिसक्यौं भन्ने कुरा विलकुल हल्ला मात्रै हो’, एक कार्यक्रमका बीच आफ्ना कार्यकर्ताहरुलाई आश्वस्त पार्दै उनले भने, ‘हामी हाम्रो गौरवपूर्ण इतिहास र आधारभूत मुद्धा छाडेर एकता गर्न सक्दैनौं ।’ 
उनले विगतमा एकताका लागि बहस चलाउने विश्वभक्त दुलाल ‘आहूति’ लगायत नेता नै एकताको विरोधमा देखिएकामा आश्चर्य प्रकट गरे । उनले एकताबारे कसैले भ्रमपूर्ण सोच पालिरहेको भए आफू छलफलका लागि तयार रहेको समेत बताए ।
उनले राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना, संघीयता, समावेशीता, धर्मनिरपेक्षा जस्ता उपलब्धी जनयुद्धकै कारण सम्भव भएको भन्दै जनयुद्ध छाडेर एकता नगर्ने स्पष्ट गरे । पार्टीनिकट जनसांस्कृतिक महासंघेल पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार गरेको कार्यक्रममा प्रचण्डले जनयुद्ध र माओवाद छाडेको हल्ला चलेको भन्दै त्यसमा सत्यता नरहेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: