×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चितवन, पोखरा र नेपालगन्जमा सांग्रिला बैंकद्धारा कर्मचारी तालिम सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरुको बृत्तिबिकासका लागि तालिमको आयोजना गरेको छ । बैंकले माघ ५ र ६ गते चितवन, पोखरा र नेपालगन्जमा तालिम सम्पन्न गरेको हो । 
बैंकले पोखरामा सेल्स एण्ड टिम विल्डिङ नामक दुई दिने तालिम, नेपालगन्जमा टेलर म्यानेजमेन्ट एण्ड टिम विल्डिङ नामक दुई दिने तालिम र चितवनमा कस्टुमर सर्भिस नामक एक दिने तालिम कार्यक्रम आयोजना गरिएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । 
बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले कार्मचारीको आन्तरीक तालिमको उद्देश्य र त्यसबाट संस्थाले राखेको अपेक्षाका बारेमा प्रकाश पारेका थिए । संस्थाको वार्षीक तालिम क्यालेण्डर अनुसार आउँदो दिनहरुमा अन्य तालिमका कार्यक्रमहरु अगाडी बढाईने योजना रहेको बताइएको छ । 
तालिम कार्यक्रममा विभिन्न शाखाका जम्मा ९५ जना कर्मचारी सहभागी भएका थिए । कर्मचारीहरुको कार्यदक्षता तथा कार्यक्षमता बृद्धि गरी समग्र संस्थागत बिकास गर्ने उद्देश्य सहित आयोजना गरिएका तालिम कार्यक्रम निकै फलदायी रहेको र यसले कार्यसम्पादन गुणस्तरमा सुधार ल्याउने बैंकका विभागिय प्रमुख निर्मल कुमार श्रेष्ठले बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: