×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवाले भने, ‘सरकार छोडेन भन्नुभन्दा संविधान राम्रोसंग अध्ययन गर्नुस्’

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउने जिम्मेवारी पूरा हुनासाथ सरकार छाड्ने बताएका छन् । नेपाल टेलिभिजनको ३३ औ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे देउवाले निर्वाचन लगत्तै सरकार छाड्ने भएकोले हतार नगर्न दलहरुलाई आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले चुनाव गराउने जिम्मेवारीका साथ सरकार गठन भएकाले त्यसअघि सरकार नछाड्ने संकेत दिए । उनले अझै राष्ट्रियसभाको निर्वाचन गर्न बाँकी भएकाले त्यसअघि सरकार छोडेन भनेर आरोप लगाउनुभन्दा संविधान राम्रोसंग अध्ययन गर्न आग्रह समेत गरे । प्रधानमन्त्री देउवाले समयानुकूल परिमार्जन र परिस्कृत हुँदै संघीय संरचनामा जानुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिभिजनले आफुलाई संघीय संरचनामा लगेर सबैको साझा टेलिभिजन हो भन्ने भावना सम्प्रेषण गर्न सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा टेलिभिजनमा कार्यरत बिभिन्न कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो भने उत्कृष्ट एड्भरटाईजिङ एजेन्सीको रुपमा कि एडभरटाईजिङ एजेन्सीका प्रबन्ध निर्देशक रविन्द्रकुमार रिजाललाई सम्मान गरिएको थियो ।
कि एड्भरटाइजिङ् एजेन्सीले टेलिभिजनसँग गत आर्थिक बर्षमा ७ करोड ४२ लाख २५ हजार बराबरको कारोबार गरेको थियो । कार्यक्रममा मिडिया हब र मिडिया टाइम्स प्रालि पनि सम्मानित भएका थिए
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: