×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्ड पत्नी सीता उपचारका लागि दिल्ली जादै

काठमाडौँ – माओवादी अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल अस्वस्थ भएको कारणले गर्दा उपचारका लागि दिल्ली जाँदैछिन् । उनी आइतबार नियमित स्वास्थ्य जाँचका लागि दिल्ली प्रस्थान गर्न लागेकी हुन् । प्रचण्ड पत्नी सीता दाहालको केही महिनाअगाडि मात्रै पनि बैंककमा उपचार गरिएको थियो । 
बुवा जानुहुन्न, हामी जाँदै छौं,’ भरतपुर महानगरकी मेयर रेणुले भनिन्, ‘मेदान्तमा आमाको फलोअप उपचार हुन्छ । डाक्टरको सल्लाहका आधारमा उपचार गरेर फर्किन्छौं ।’
उनी मधुमेह, उच्च रक्तचापलगायत रोगका कारण लामो समयदेखि बिरामी अवस्थामा छिन् । विकसित राजनीतिक घटनाक्रमका कारण दाहाल भने पत्नी सीताका साथ उपचारमा सहभागी हुने छैनन् ।
सीताको उपचारका लागि पहिलोपटक दाहालले दुई छोरी रेणु र गंगालाई पठाउन लागेका हुन् । यता प्रचण्डको सचिवालयले पनि उनलाई उपचारका लागी दिल्ली लैजान लागिएको पुष्टि गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: