×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काभ्रेमा प्रहरी र स्थानीयबीच झडप, यस्तो छ कारण

धुलिखेल – काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । उक्त झडप  स्थानीयबासीले अवरुद्ध पारेको सडक खुलाउने बिषयमा विवादमा बढ्दा भएको हो ।
नमोबुद्ध नगरपालिका १ की फुलमाया तामाङ बा ३ ख ५९५५ नम्बरको बसबाट खसेर आइतबार मृत्यु भएपछि उनका आफन्त र स्थानीयवासीले सडक अबरुद्ध पारेका हुन् । बसबाट खसेर मृत्यु भएकी फुलमायाका आफन्तलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै स्थानीयवासीले सडक अबरुद्द गरेपछि त्यहाँकोअवस्था तनावग्रस्त रहेको स्रोतले बताएका छन् ।
मंगलबार विहानदेखि स्थानीयवासीले अबरुद्द पारेको सडक खुलाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा आक्रोशित भिडले प्रहरीमाथि नै हमला गर्ने प्रयास गरेपछि झडपको स्थिति सिर्जना भएको हो ।
सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच भएको झडपलाइ मत्थर पार्न प्रहरीले ६ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुलबहादुर थापाले दिएको जानकारीअनुसार अहिले क्षेत्रको अबस्था नियन्त्रणमा आइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: