×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रहरी सहायक निरीक्षक रेशमलाई ३ लाख घुससहित पक्राउ

काठमाडौँ – महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई ३ लाख घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार खड्काले लेनदेन व्यवहारको कागज बनाई दिए बापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनाका आधारमा पुगेको टोलीले बालाजुबाट पक्राउ गरेको हो ।
बुटवलमा कार्यरत रहँदा निज खड्काले एक करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको र उक्त कागज आफैँसँग राखी ३ लाख मागेको बताइएको छ ।
कागज फिर्ता गरिदिन सेवाग्राहीले पटक पटक माग गर्दा पनि खड्काले रकम दिनुपर्ने बताएपछि पीडितले आयोगमा उजुरी दिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: