×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अष्ट्रेलियामा विद्यार्थी भिजामा जाने विद्यार्थी र लैजाने एजेन्टको ‘अडिट’ हुँदै, कसलाई फाइदा ? कसलाई घाटा ?

सिडनी- अष्ट्रेलियामा विद्यार्थी भिजा लगाएर गएका वा अस्ट्रेलियाको पीआर भएकाहरुको ‘अडीट’ हुने भएको छ । तीनले आर्जन गरेका सम्पत्तिका स्रोतदेखि खर्चका विवरणहरुसम्मको अडिट हुन लागेको हो । अस्ट्रेलियन संचारमाध्यमहरुले दिएको जानकारी अनुसार  यसरी अडिट गर्नुपर्ने जनसंख्या करिब २ करोड रहेको बताइएको छ । अष्ट्रेलियन संचार माध्यम ‘द कुरिअर मेल’का अनुसार यस्तो अडिटमा विद्यार्थी भिसाबाहकका साथै तिनलाई यहाँसम्म आउन सहयोग गर्ने एजेन्टहरु समेत समावेश हुनेछन् । 

कसलाई फाइदा कसलाई घाटा ?
यो अडिटको महत्वपूर्ण पाटो भने अष्ट्रेलिया आएर काम गरेका तर आफ्नो सञ्चयकोष फिर्ता नलिइकन गएकाहरुको हकमा भने खुशीको खबर हुनेछ । किनकि अडिटको अन्त्यमा तिनीहरुले यो सञ्चयकोष रकम पाउनेछन् । तर, सञ्चयकोष रकम नबुझाउने र अन्य कानूनविपरितका कार्य गर्ने व्यक्तिहरुका हकमा उनीहरुलाई अध्यागमनले निगरानीमा राख्नेछ । अडिटको योजनामा भिसा प्राप्त व्यक्तिको ठेगाना ईतिहास र तिनको स्पोन्सरहरुको समेत ठेगाना पनि चेक गरिनेछ । आगामी तीन वर्षको अवधिमा २ करोड मानिसको लेखा परीक्षण सम्पन्न गरिने भएको छ । 

अडीट गरेपछि के हुन्छ ?
द कुरिअर मेलका अनुसार यसरी अडिटबाट आएका रेकर्डहरु ईलेक्ट्रोनिकल रुपमा अष्ट्रेलियन ट्याक्स अर्गनाईजेसन एटीओको डाटासँग मिलान गरिनेछ । यदि मिलेन भने त्यसलाई कर र सञ्चयकोषको विद्यमान कानून अनुरुप अगाडि बढाइनेछ । यो डाटा म्याचिंग कार्यक्रमको मुख्य उद्देश्य नै भिसा प्राप्त गर्ने व्यक्ति, उसको स्पोन्स र र एजेन्टहरुको बीचमा कर र सञ्चयकोषको विषयमा जानकारी बढाउने उद्देश्य रहनेछ । यसले सही सूचना प्रदान गर्ने र कर अनि सञ्चयकोषलाई अद्यावधिक राख्ने कार्यमा समेत सहयोग गर्नेछ भन्ने अपेक्षा सरकारले गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: