×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्रीहर्षले खोले यो रहस्य, भारतकै इक्षाअनुसार बामपन्थीको सरकार गठनको तयारी भइरहेको खुलासा !

काठमाडौं । बामपन्थी गठबन्धन भारतको चाहनाविपरित बनेको र अब बन्ने बहुमतको सरकार पनि त्यसरी नै चुनिने चर्चा चलिरहेको बेला नेपाली कांग्रेसका आदर्श वीपी कोइरालाका माइला छोराले फरक तथ्य अघि सारेका छन् । भारतसँग राम्रो सम्बन्ध राख्ने श्रीहर्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छामा नै बामगठबन्धनले सरकार गठन गर्ने रहस्य उनले खोलेका हुन् । 
एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै सल्लाहमा आगामी सरकार गठनको तयारी गरेको उनको दाबी छ । ‘हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा बहुमत वाम गठनबन्धनकै आउँछ भन्ने सूचना मलाई आईसकेको थियो । निर्वाचनअघि ओली र प्रचण्डले भारतमै गएर मोदीलाई भेटेका थिए ।’, उनले भने,‘रणनीतिक रूपमा गठबन्धन भारतीय चाहनामा बनेको हो ।’
कांग्रेसको हालको नेतृत्वक सूचना र प्रविधिमा निकै पछि परेको भन्दै सही सूचना थाहा पाउन र लिन नेतृत्वले नसकेको गुनासो गरे । उनले २०३६ सालको जनमत संग्रहमा बहुदलले हार्दैछ भन्ने सूचना बीपीलाई थाहा भएको प्रसंग समेत कोट्याए । उनका अनुुसार तत्कालिन वडामहारानी ऐश्वर्यलाई भेट्न गएका एक कुटनीतिज्ञले तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापासँगको वार्तालाप सुनेका थिए । प्रधानमन्त्री र रानीको वार्ता जनमत संग्रहमा कति फरक मत ल्याएर सुधारिएको पञ्चायतलाई जिताउने भन्नेमा केन्द्रीत रहेको थियो ।
कोइरालाले कांग्रेसका नेताहरूलाई पाँच बर्षसम्म सत्तामा जान नदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै बाम दललाई सरकारमा राखिराख्ने पनि उनले बताए । कोइरालाले दुवै दलका शीर्ष ओली र दाहाल सत्तामा आलोपालो बस्ने र भारतीय प्रधानमन्त्री मोदीले दिएको सल्लाह र स्वार्थ पुरा गर्नुपर्ने सहमति भएको दाबी गरे । कोइरालाले भारतीय प्रधानमन्त्री मोदीले भने अनुसार र भनेको समयमा भन्दा फरक ढंगले संविधान जारी गर्न कांग्रेसले भूमिका खेलेको भन्दै कांग्रेसलाई सत्ताबाट बाहिर राखिराख्न मोदीको ठूलो भूमिका रहेको बताएका थिए । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: