×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिज्ञापनका नाममा जनता झुक्याउन पाइन्छ ? सीइओ साप ‘टु वान जा टु’ सिक्नुस् !

  • एसपी ‘सुमन’
कक्षा २-३ पढेकाहरुलाई सोध्यो भनेपनि थाहा हुन्छ, ‘सुन्य’लाई जेले गुणा गर्दा पनि सुन्य नै हुन्छ भनेर । टु वान जा टु जानेका स-साना केटाकेटीहरुलाई पनि थाहा हुन्छ, सुन्यको गुणान । तर सिभिल बैंकले आजकल विभिन्न पत्रिकामा एउटा विज्ञापन हालिरहेको छ, जसमा भनिएको छ, शून्य मौज्दातमा ८.५० प्रतिशत वार्षिक ब्याजदर’।
ग्राहकलाई ‘उल्लु’ बनाउनुको पनि सिमा हुन्छ नि ! सुन्य मौज्दातमा जति ब्याज भएपनि सुन्य नै रकम आउँछ नि ! यति थाहा नभएको बेवकुफ पनि कोहि होला त ? भए उही यो विज्ञापन बनाउने सिभिलका महामहिमहरु र विज्ञापन अप्रुभ गर्ने सीइओ हुनुपर्छ । 
जति हिसाव गर्दा पनि सुन्य मौज्दातमा त ब्याज सुन्य नै आउँछ नि । सुन्य मौज्दात अर्थात पैसा नै नहुनु । खातामा पैसा नै नभएपछी कसरी ब्याज आउँछ ? सुन्य मौज्दातमा त ८ को सट्टा ५० % ब्याज दिए पनि सुन्य नै पैसा हुन्छ नि ! होइन सिभिल बौलाएको हो कि यस्तो बिज्ञापन बनाउनेको दिमाग खुस्किएको हो ?
यो बिज्ञापनले भन्न खोजेको के हो ? जनताले बुझेका के हुन् ? थाहा भएन । तर मैले र सबैले पढेको हिसाबचाहिं यहि हुनुपर्छ, ‘सुन्य मौज्दात अर्थात खातामा पैसा नै नभए त कसरी ब्याज आउँछ र ?’
जनतालाई विज्ञापनका नाममा झुक्याउनु हुँदैन है ! कि भने यस्तो बिज्ञापन बनाउनेको स्वास्थ परिक्षण गर्नुपर्यो, कि त यस्तो बिज्ञापन अप्रुभ गर्ने सीइओ सापले टु वानजा टु पढ्न जानु पर्यो ।  अव टु वान जा टु पढ्न थालेपछि जिरो वान जा जीरो पनि त पढिन्छ होला । अनि दिमागमा केहि घुस्थ्यो कि !

बिज्ञापनमा अरु प्रष्ट हुने गरी थप केहि भनीएको पनि छैन । यस्तो विज्ञापनबाट जनताले के बुझ्ने ? वा के बुझाउन खोजिएको हो ? कि जनता भेडा हुन् भन्ने सोच्छ सिभिल बैंक ? 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: