×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाट्टाको चुनावमा अध्यक्षका उम्मेदवार पाण्डेबारे यी ५ कुरा थाहा छ ? एक पटक पढेर मात्र भोट हाल्ने कि !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो समय विवादको उत्कर्षमा आएको बैंक हो मेगा बैंक । र मेगाभित्रको कलहका बिउ नै हुन् भन्ने आरोप छ सीएन पाण्डेलाई । मेगाका हरेकजसो विवादमा उनको योग्यताको प्रश्न उठेको थियो । अहिलेपनि उठिरहेको छ । बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) अनुसार योग्यता नपुगेपनि उनी दादागिरी देखाउँदै पदमा बसीरहेका छन् । यसो त केहि समय अघि उनको ट्राभल एजेन्सी डलर काण्डमा समेत फसेको थियो भने उनीकोसमेत मिलेमतोमा उनका आफन्त संलग्न रहेको साहस उर्जापनि अत्याधिक विवादमा छ । जताततै उनी नेतृत्वमा असफल भएको विश्लेषण गरिएको छ । जताततै उनेको नेतृत्व विवादितमात्र बनेको छ । यहि बेला उनी नाट्टाको अध्यक्षका उम्मेदवार बनेका छन् ।  उनीबारे केहि त्यस्ता तथ्यहरु पनि छन् जुन जानेर मात्रै भोट हाल्दा बेश नै होला ।
१. चेत नारायण पाण्डे मेगा बैंकमा ‘अयोग्य’ भएर पनि सञ्चालक समितिमा बसेका छन् । उनी यसरी बस्नुको पनि कारण छ । उनको यहि पुष २८ गते मेगाको कार्यकाल सकिंदैछ । तर पेलेरै भए पनि उनी थप केहि समय बैंकमा बसेभने उनको पाँच बर्ष बैंकिङ अनुभव पुग्छ । उनको पढाइ नपुगेकाले उनलाई बैंकको सञ्चालक हुन कम्तीमा ५ बर्षको बैंकिङ अनुभव चाहिएको हो । अनुभव र पढाइ दुवै नभएकाले बैंकमा ‘अयोग्य’ भएका उनले राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुलाई समेत प्रभावमा पारेर बैंकमा बसीरहेको आरोप उनीमाथि छ । 
२. उनको योग्यतालाई लिएर नेपाल राष्ट्र बैंक, नेपाल धीतोपत्र बोर्ड, नेप्से, कम्पनी रजिष्ट्रारको कार्यालयमा १५ पाना लामो उजुरी परेको छ । उनलाई मेगा बैंकमा कलहका बिउको रुपमा समेत लिने गरिन्छ । उनको विवाद नभएको भए मेगाभित्र विवादमा आउन लायक अरु थोरै कुरामात्र बाँकी थिए । र उनी सञ्चालक नभएको भए ती विवादहरु पनि सतहमा आउने थिएनन् । यतिसम्म हुँदा पनि लाज नै पचाएर उनी मेगाको सञ्चालक समितिमा बसेको भन्दै उनलाई नैतिकता नभएका बैंकरको आरोप पनि लाग्ने गरेको छ ।
३. उनको समेत मिलेमतोमा उनको परिवारको संलग्नता रहेको साहस उर्जा लामो समयदेखि विवादमा छ । जनताबाट पैसा उठाएर कुनै एक निजी कम्पनीलाई हाइड्रोको ठेक्का दिएर ठुलो रकम कमिसन खाएको भन्दै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परिसकेको छ ।
४. २०६६ साल बैसाख १३ गते नेपाल राष्ट्र बैंकले उनको कम्पनीलाई अस्थायी विनिमय इजाजत पत्र दिएको थियो । राष्ट्र बैंकले पत्र नम्बर : ट्रा १००६ /२/५६/६६ नम्बरको इजाजत पत्र उनको कम्पनीलाई दिएको थियो । २०६८ फाल्गुन मसान्तसम्म मात्र इजाजत दिएको भएपनि उनले त्यसपछि पनि डलरको अवैध कार्य गरेको भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी परेको थियो । उनी ट्राभल व्यवसायमा पनि ‘अनैतिक’ काम गर्ने व्यवसायीका रुपमा चिनिन्छन्।
५. मधुसुधन अधिकारीको कार्यकालमा पनि नाट्टामा आफु पनि काम नगर्ने र अरुले गर्न खोजेको नयाँ काममा पनि भाँजो हालेको आरोप उनलाई छ । यसो त उनी नाट्टाका प्रथम उपाध्यक्ष पनि हुन् । तर संगठनभन्दा आफ्नो व्यवसायलाई फाइदा हुने काममात्र गरेको आरोप उनलाई छ ।
यद्यपी आफ्नो कम्पनी माथि उठाउन गरेको मात्र काम हेर्दा पनि उनको नेपाली पर्यटन क्षेत्रमा योगदान नै नभएको भने होइन । उनले देशमा ‘जनयुद्ध’ चलेका बेलामा समेत आफ्नो व्यवसाय हाँकेका थिए । आन्तरिक राजश्व विभागको रेकर्ड अनुसार  २०५२ साल बैसाख २ गते नै उनले आफ्नो ट्राभल कम्पनी सम्राट टुर्स एण्ड ट्राभल्स दर्ता गराएका छन् । यस्तै २०६३ भाद्र १३ गते उनले सम्राट ट्रेक्स एण्ड एक्सपीडीसन प्रालि नामक कम्पनीलाइ आन्तरिक राजश्व विभागमा दर्ता गराएका छन् । यसरी उनले यो क्षेत्रमा काम गरेको थुप्रै भइसकेको छ । यहि विषयलाई नै उनले भोट माग्ने कडी बनाएका छन् । 
यो बाहेक त उनलाई चिन्ने धेरैलाई उनको सत्यता पक्कै थाहा छ । नाट्टामा जितेको खण्डमा उनीमात्र होइन आगामी २ बर्षका लागि पूरै नाट्टा विवादित बन्नेमा कुनै शंका नै छैन । उनले यहि पुस २८ गते मेगा छोडेनन् भने उनलाई मुद्धा हाल्ने तयारी उनकै समकक्षीहरुले गरेका छन् । साहस उर्जाको प्रकरण अझै सतहमा आउने निश्चित छ । यसले समग्र नाट्टाको इज्जतमाथि पनि धक्का लाग्ने जानकारहरुको भनाइ छ ।
(उनी संगलग्न साहस उर्जा प्रकरण र उनको डलर काण्डका विषयमा थप सामाग्री आगामी अंकमा प्रस्तुत गर्दैछौं।)         
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: