×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवापत्नीलाई ‘तनाव’ भएपछि यसरी कुर्लिए भाउजूका आउरेबाउरे !

काठमाडौं । नेपाली कांग्रेसको आधा हिस्सा त सभापति शेरबहादुर देउवापत्नी आरजु राणा हुन् । उनी कैलाली–५ मा प्रतिनिधि सभा सदस्यमा पराजित भइन् । तर उनका आउरेबाउरे फेरि उनलाई सांसद बनाउनुपर्छ भनी कुर्लन थालेका छन् । 
नेपाली कांग्रेसबाट प्रदेशसभामा चुनिएका महिला सांसदहरूले नेपाली आरजुलाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउनु पर्ने माग राखेका छन् । यो माग आरजुको इच्छाका आधारमा नै उठेको बताइन्छ । प्रदेश नं ७ का महिला सांसदहरूले सोमबार विज्ञप्तिमार्फत नेपाली कांग्रेसको केन्द्रीय समिति तथा संसदीय बोर्डलाई दबाब पनि दिइएको छ । राष्ट्रिय सभा उम्मेदवार कांग्रेसले तय गर्न लागेको छ । 
प्रदेश ७ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या न्यून भएकाले राणालाई उम्मेदवार बनाउन दबाबमा कस्सिएकी छन्, प्रदेश सांसद दिब्यश्वरी शाह । उनीसँगै कर्णबहादुर मल्ल पनि आरजुका पक्षमा कुर्लिन थालेका छन् । 
डा.आरजुको प्रतिनिधित्व भएमा यस प्रदेशका महिलाको आवाज केन्द्रसम्म पुराउन सजिलो हुने भन्दै सांसद शाहले महिलाका संवैधानिक हक अधिकार स्थापित गर्न सजिलो हुने भन्दै केन्द्रमा दबाब दिएकी हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: