×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवः विकास बैंकको शाखा इटहरी तथा पथरीमा, राष्ट्र बैंकका डेपुटी गभर्नरले गरे उद्घाटन !

काठमाडौं- देवः विकास बैंक लि.को इटहरी उपमहानगरपालिकाको धरान रोडमा आयोजित एक समारोह बीच इटहरी शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले समुद्घाटन गर्नु भयो ।
बैंकका संचालक समितिका अध्यक्ष प्रा.डा.सुवर्णलाल बज्राचार्यको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्नका साथ साथै प्रदेश नं. १ का ग्रामिण तथा पहाडी क्षेत्रमा विस्तार गरिने शाखाहरुलाई समन्वय तथा त्यस क्षेत्रका ग्राहकवर्गहरुलाई सहजता लागि आज पूर्वको पहिलो शाखाको रुपमा इटहरी शाखाबाट बैकिङ्ग सेवा प्रदान गरेको जानकारी दिनु हुँदै निक्षेपकर्ता, स्थानिय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास दिलाउनु भयो ।
सोही अवसरमा इटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टले शुभकामना मन्तव्य दिनु हुँदै इटहरी र आसपासका क्षेत्रको आर्थिक उत्पादकत्व बृद्धि गर्नका लागि देवः विकास बैंकको शाखाबाट सहयोग पुग्ने विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, कर्पोरेट प्लानिङ्ग बिभागका कार्यकारी निर्देशक भीष्म प्रसाद ढंगाना, नेपाल राष्ट्र बैंक, विराटनगर क्षेत्रीय कार्यालयका व्यवस्थापक बिनोद राज आचार्य तथा देवःविकास बैंक लि.का संचालक समितिका सदस्यहरु लगायत स्थानीय व्यवसायी, गृहणी, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।
यसै बीच पथरी शनिश्चरे नगरपालिकाको पथरी बजारमा आयोजित अर्को समारोहमा देवः विकास बैंक लि.लेप्रदेश नं. १ मा संचालनमा ल्याएको अर्को शाखा पथरी शाखा कार्यालयको समेत नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठले समुद्घाटन गर्नु भयो
। बैंकका संचालक समितिका अध्यक्ष प्रा.डा.सुवर्णलाल बज्राचार्यको सभापतित्वमा पथरीमा संचालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले पथरी शाखाबाट प्रदान गरिने बैंकिङ्ग सेवाबाट पथरी लगायत उर्लाबारी, कानेपोखरी, लेटाङ्ग, मंगलबारे, हसन्दह, शिवालय लगायत अन्य ग्रामिण तथा पहाडी क्षेत्रका सेवाग्राहीहरुमा वित्तीय पहुँच पु¥याउनसहयोग पुग्ने बताउनुभयो ।
सोही अवसरमा पथरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कविता पराजुलीले शुभकामना मन्तव्य दिनु हुँदै तीब्र शहरीकरण भइरहेको पथरी क्षेत्रमा आर्थिक गतिविधीमा बृद्धि गर्नका लागि देवः विकास बैंकको शाखाबाट सहयोग पुग्ने विचार व्यक्त गर्नु भयो ।
समारोह शुभकामना मन्तव्य राख्नु हुँदै पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले नवनिर्वाचित जनप्रतिनिधिहरु नगरको सर्वाङ्गिण आर्थिक विकासका लगानी अग्रसर भइरहेको अवस्था बैंक तथा वित्तीय संस्थाहरुको स्थापनाबाट थप मद्दत पुग्ने बिचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका उप मेयर यमुना विष्ट बास्टोला तथा देवःविकास बैंक लि.का संचालक समितिका सदस्यहरु लगायत स्थानीय व्यवसायी, गृहणी,पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: