×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्ट्रान्समात्र होइन समग्र डाक्टरी पढाइ पनि कठिन, लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१ प्रतिशत फेल !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० पुष २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

इन्ट्रान्समात्र होइन समग्र डाक्टरी पढाइ पनि कठिन, लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१ प्रतिशत फेल !

नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ ।
यति ठूलो संख्यामा चिकित्सकहरू फेल हुनुका पछाडि पढाइको स्तरमात्र नभई एमबीबीएस परीक्षामा हुने अनियमिततालाई पनि कारण मानिएको छ । एमबीबीएस परीक्षामा व्यापक अनियमितता हुने गरेको दाबी गरिएको छ ।, आजको कान्तिपुरमा यो खबर छ । 
मुलुकका विश्वविद्यालयले लिने एमबीबीएसका विभिन्न तहको परीक्षा पास भएकाहरू काउन्सिलको लाइसेन्स परीक्षामा ठूलो संख्यामा फेल हुनुले परीक्षा नै शंकास्पद रहेको समेत विज्ञहरूले औंल्याएका हुन् । यसो हुनुमा चिकित्सा शिक्षा प्रणालीकै गडबडी कारक रहेको औंल्याउँदै उनीहरूले यसलाई अविलम्ब सुधार गर्न चेतावनी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: