यी नेता जसले १ भोटका लागि १०९१७ रुपैयाँ खर्च गरे, २५ लाख खर्च गर्दा २२९ भोट पाए !


राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन् । 

उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेदवारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन् । निर्वाचन आयोगले तोकेका अधिकतम खर्च गर्न पाउने रक पनि २५ लाख नै हो । 

रोकाले २५ लाख खर्च गरे पनि मत भने २ सय २९ मात्रै पाए । यो मतपरिणाम खर्च खनुसार निकै अस्वाभाविक देखिन्छ ।, आजको नागरिकमा यो खबर छ ।
प्रकाशित : Thursday, January 04, 2018

recent

Popular Posts