×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंक अब बेलायतमा पनि

ग्लोबल आइएमई बैंकले माघ ७ गते (आइतबार) देखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्ट (Aldershot, Hampshire) मा सम्पर्क/प्रतिनिधी कार्यालय सुरुवात गरेको छ । बेलायतमा सम्पर्क कार्यलय विस्तार गर्नेमा नेपालका वाणिज्य बैंकहरुमध्ये ग्लोबल आईएमई पहिलो बैंक हो । उक्त सम्पर्क कार्यालयको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि नेपालले एक समारोहका बीच उद्घाटन गरे । 
सम्र्पक कार्यालय उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरुमध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोल्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सफलताको कामना गरे । सोहि कार्यक्रममा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदिले आफ्नो मन्तव्य राख्दै ग्लोबल आइएई बैंक लि.ले देशभित्र मात्र नभएर देशबाहिर समेत प्रदान गरिरहेका सेवा सुविधाको प्रशंसा गरे । साथमा बैंकको प्रगतिको कामना समेत गरे ।
उक्त सम्पर्क/प्रतिनिधि कार्यालयको उद्घाटन समारोहमा बोल्दै ग्लोबल आइएमई बैंक लि.का अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक बिकासमा नयाँ तरङग ल्याउने बिश्वास व्यक्त गरे । साथै उनले बैंकले देश भित्र ७ वटै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसेकेको र देश बाहिर पनि अन्य धेरै मुलुकहरुमा आफ्नो सम्पर्क/प्रतिनिधि कार्यालयहरु संचालन गरेर सम्पूर्ण नेपालीहरुमाझ बैंकको सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए । विदेशमा पनि शाखा कार्यालय विस्तारमा अगाडी बढ्ने जानकारी दिँदै उनले नेपालमा लागानीको लागि प्रशस्त सम्भावनाहरु रहेकोले लगानीका लागि बेलायत स्थित व्यवसायीहरुलाई आग्रह समेत गरे ।
उक्त सम्पर्क/प्रतिनिधि कार्यालयको उद्घाटन समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल ज्यूले सम्पर्क/प्रतिनिधि कार्यालय विस्तारमा सहयोग पुर्याउने सम्पूर्ण निकायहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरे । ग्लोबल आइएमई बैंकले यसअघि अष्टेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा सम्पर्क/प्रतिनिधी कार्यालय खोलिसकेको छ । यि तीन देशका अतिरिक्त अन्य मुलुकहरुमा पनि सम्पर्क/प्रतिनिधी कार्यालय खोल्नका लागि आगामी दिनमा प्रकृया अगाडी बढाउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जानकारी दिए ।
उक्त समारोहमा बेलायतको Aldershot स्थित Council Leader Mr. David Cilfford, Mayor of Rushmoo Borough Council, Sophia Choudhary, counselor Mr. Alex Crawford / Country consular Bill Withersलगायत उच्च पदस्थ ब्यक्तिहरुले आफ्नो मन्तब्य ब्यक्त गदै ग्लोबल आइएमई बैंक लि.ले बेलायतमा सम्र्पक/प्रतिनिधि कार्यालय सुरु गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गरे ।
ग्लोबल आइएमई बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्पर्क/प्रतिनिधी कार्यालय खोलेपछि बैंककोे सम्पर्क/प्रतिनिधी कार्यालयले नेपाल तथा संयुक्त अधिराज्य बेलायतमा व्यवसायीहरु विच व्यापारिक एवं लगानी सम्वन्धी प्रवध्र्दनात्मक कार्यमा समेत सघाउने छ । यसको अतिरिक्त, काम तथा पढाईको सिलसिलामा संयुक्त अधिराज्य बेलायत पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपाल संगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज हुनेछ । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । ग्लोबल आइएमई बैंक लि. ले स्थापना कालदेखि नै रेमिट्यान्स सेवामा जोड दिदै आएको छ । बैंकले हाल कोरिया र भारतबाट सबैभन्दा बढि रेमिट्यान्स नेपालमा भित्रयाउन सफल भएको छ । त्यसैगरि मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: