×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एमबीबीएसको प्रश्नपत्र बेच्ने गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे जेल चलान, प्लस टुको प्रश्नपत्र पनि विक्री गर्ने गरेको आरोप !

काठमाण्डौंस्थित गोल्डेन गेटका निर्देशक देवीराम पाण्डे जेल चलान भएका छन् । एमबिबिएस परीक्षाको प्रश्नपत्र ‘लिक’ गरेको अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले गोल्डेन गेट कलेटका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई सजाय फैसला गरेपछि उनीहरु जेल चलान भएका हुन्  । अदालतले परीक्षामा चिट चोराउने कार्यमा संलग्न भएको आरोप लागेकामध्ये ६ जनालाई दोषी ठहर गरेको छ । 
निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना फैसला भएको छ । यस्तै सोही कलेजका शिक्षक हरिहर भन्ने खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय जरिवाना हुने फैसला सुनाइएको छ ।विशेषले प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न अन्य प्रभातकुमार कुशवाहलाई ४ वर्ष कैद ३४ लाख जरिवाना, धर्मेन्द्र यादवलाई एक वर्ष कैद ९ लाख जरिवाना, जिवछ यादवलाई १ वर्ष कैद ५ लाख २ हजार र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार जरिवाना फैसला सुनाइएको छ । विशेषले शहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई भने सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले ३ वर्षपछि बुधबार यस्तो फैसला सुनाएको हो । देवीराम पाण्डेसहित ६ जनालाई दोषी ठहर गर्दै उनीहरुबाट बरामद गरेको ३४ लाख २५ हजार रकम समेत जफत हुने भएको छ ।
पाण्डेलाई प्लस टुपनि प्रश्नपत्र पनि लिक गरेको आरोप छ । तर यस बिषयमा छानविन भएको छैन । उनको कर्तुतसंगै गोल्डेनगेटसमेत बदनाम भएको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: