×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खुल्यो भित्री रहस्य : गोपाल पराजुलीले यस्तो बाध्यता परेर गरे ४ वटी विवाह (विवाहका कारणसहित)

प्रधान न्यायाधीश गोपाल पराजुलीको सर्टिफिकेट नक्कली हो, वा एसएलसीको सर्टिफिकेट के हो भन्ने कुरा गलत भएको पुष्टी भइसकेको छ । उनकी श्रीमतीको कुरालाई लिएर पनि ठुलै हल्लाखल्ला भएको छ । तर गोपाल पराजुलीको श्रीमतीका बारेमा मलाइ थाहा भएकाले केहि लेख्दैछु । कुरै नबुझी उनलाई ४ वटी विवाह गर्ने प्रधान न्यायधिस भनेर जुन आरोप लगाइएको छ, त्यो मिथ्या हो । गोपाल पराजुलीले ४ वटी विवाह गरेकै हुन् । तर त्यसका कारण फरक छन् ।
पहिली श्रीमती 
त्यतिबेला विद्यार्थी आन्दोलनको समय थियो । गोपाल पराजुली जेलमा  थिए । तर उनका ससुरा पन्च थिए । पराजुलीको घोर विरोधी पनि । त्यस्ता अराष्ट्रिय तत्वलाई ज्वाइ मान्दिन भनेपछि उनकी पहिली श्रीमतीसँग जवर्जस्ती ससुराले सम्बन्ध विच्छेद गराए ।

दोश्री श्रीमती 
पराजुलीले दोश्रो विवाह गरे । आन्दोलनमै लागेकाले पहिली श्रीमती छोड्नुपरेको पीडा त थियो नै, दोश्री श्रीमतीलाई ब्लड क्यान्सर भयो । ब्लड क्यान्सरकै कारण उनको मृत्यु भयो ।

तेश्री श्रीमती 
दोश्री श्रीमतीको स्वर्गबास भएपछि उनी थप पीडामा परे । सबैको सल्लाहमा उनले तेश्री श्रीमती विवाह गरे ।  उनकी तेश्री श्रीमती पनि दुर्घटनामा परिन् र स्वर्गबास भयो ।

चौथी श्रीमती 
तेश्री श्रीमती पनि बितेपछि उनले चौथी श्रीमती विवाह गरेका हुन् ।
उनले बहुविवाह गरेका होइनन् । र उनको कुनै पनि विवाह गैरकानुनी छैन । श्रीमतीको निधन पछी अर्की विवाह गर्न कानुनले नै छुट दिएको छ । उनको त्यो आवश्यकता पनि थियो । त्यसैले बुझेरमात्र कमेन्ट गर्ने गरौँ । अरुलाई नभएको आरोप नलागौँ । गोबिन्द केसी प्रकरणमा जे भइरहेको छ, त्यो मुद्धा एक ठाउँमा होला, तर बुझ्दै नबुझी कसैको पारिवारिक कुरामा औंला ठड्याउनुभन्दा अघि त्यसविषयमा बुझ्दा राम्रो हुन्छ ।        

-गोपाल पराजुलीलाई नजिकबाट चिन्ने व्यक्ति । मैले मेरो नाम खुलाउन चाहिन ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: