×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

म पनि डा. केसीको साथमा, मलाई पनि पक्राउ गर ! #IamwithDrKc

  • एसपी सुमन 
काठमाडौँ- उमेरले बालक, तर गोबिन्द केसीको समर्थनमा सम्पदा पराजुली इलाममा आयोजित एक कार्यक्रममा गोबिन्द केसीको समर्थनमा ओर्लिइन् । सामान्य रुपमा हेर्दा अभिभावकसँग लहैलहैमा वा रहरले खिचाइएको तस्विर लाग्न सक्छ यो, तर यसले देशभर रहेका थुप्रै ती अबोध बालकहरुको स्वास्थ्य र एउटा सिटामोल नपाएर मर्नुपर्ने वाध्यताको प्रतिनिधित्व गर्छ ।  
अहिले सम्पदामात्र होइन, देशभर गोबिन्द केसीको पक्षमा लहरमा सम्मिलित हुनेहरु धेरै छन् । न्याय मरेको बेला अन्यायका विरुद्ध बोल्नेहरु धेरै भएका छन् । र त नागरिकमा थोरै भएपनि आश छ, न्यायको । 
‘४ वटी श्रीमती विवाह गर्ने, एसएलसीको सर्टिफिकेटसम्बन्धि विवाद भएको र किर्ते नागरिकताका समेत विवादमा परेका व्यक्तिले न्याय दिने रे ! अनि गोबिन्द केसीहरु हिरासतमा बस्नुपर्ने ! यो कहाँको कानुन हो ? कहाँको विधि हो ? 
अव सम्पदामात्र होइन बस्ती बस्तीहरुबाट उठ्नुपर्ने बेला भएको छ । के वृद्ध, के बालक अव धेरैमा चेतना भैसक्यो कि हाम्रो न्यायालयमा कहाँनेर समस्या रहेछ भनेर । र जनता बुझिसके, सत्य केसी हुन् वा पराजुली भनेर । अव गाउँ- गाउँबाट उठ्नुपर्छ सबै, बस्तीबस्तीबाट उठ्नुपर्छ सबै ।
कोहि त आवश्यक थियो, जसले राजा नाङ्गो छ भनेर भनिदिनुपर्थ्यो । त्यो भूमिका गोबिन्द केसीले गरे । र गोबिन्सा केसीको साथमा सम्पदाजस्ता थुप्रै बालक, हामी न्यायप्रेमी  युवा र देशभरका नागरिक छन्, हुनुपर्छ ।        
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: