×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको जुक्ति चोर्दै केपी ओलीले गरे यस्तो घोषणा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ माघ २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

प्रचण्डको जुक्ति चोर्दै केपी ओलीले गरे यस्तो घोषणा !

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट गर्नेहरुका लागि स्थान परिवर्तन गरेका छन् । उनलाई भेट्न बालकोट नभएर अब पार्टी कार्यालय धुम्बाराही र संसदीय दलको कार्यालय सिंहदरबार जानुपर्ने छ ।
केहीसमय अगाडि नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई भेट्न खुमलटार नआउन आग्रह गर्दै आफूलाई भेट्न पार्टी कार्यालय पेरिसडाँडामा आउने चाँजोपाँजो मिलाएका थिए । प्रचण्डको सिको गर्दै ओलीले पनि आफूलाई भेट्नेहरुका लागि ‘क्याटागोरी’ छुट्याएका छन् ।
उनले नितान्त व्यक्तिगत भेटघाटका लागि बालकोटस्थित आफ्नै निवास रोजेका छन् जुन प्रचण्डले पनि त्यही नियम बनाएका थिए । साथै राजनीतिक भेटघाटका लागि पार्टी कार्यालय धुम्बाराही तोकिएको ओलीका निजी सचिव अनिस दाहालले जानकारी दिए । साथै संसदीय तथा विकास मामिलाससम्बन्धी भेटघाट सिंहदरबारमा हुने उनले बताए ।
ओलीलाई भेट गर्न चाहनेहरुले हप्ताको तीन दिन मात्र पाउँनेछन् जसमध्ये सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संसदीय दलको कार्यालय र पार्टी कार्यालय धुम्बाराहीमा हुनेछन् ।
ओलीले अति विशिष्ट प्रकृतिका भेटघाट बालकोट निवासबाटै गर्ने उनको सचिवालयले जनाएको छ । बालकोटमा भने कुनै समय तोकिएको छैन ।
‘निवासमा बढी भिड भयो, भेटघाट व्यवस्थापनमा असहजता भएका कारण उहाँको भेटघाट कार्यक्रमस्थल परिवर्तन गरिएको हो,’ ओलीका निजि सचिव दाहालले भने, ‘संसदीय दलमा संसदीय तथ विकास मामिलासम्बन्धी भेटघाट हुनेछन् । पार्टी कार्यालयमा राजनीति र पार्टी कामसम्बन्धी भेटघाट हुनेछ ।’
पार्टी कार्यालयको भेटघाटको चाँजोपाँजो व्इवस्थापन प्रमुख नीजी सचिव देवराज घिमिरेले मिलाउनेछन्, संसदीय दलको भेटघाटको व्यवस्थापन नीजि सचिव अनिश दाहाल र बालकोट निवासको भेटघाटको व्यवस्थापनको जिम्मेवारी सचिव राजेश बज्राचार्यलाई दिएको छ ।
यसअघि ओलीले राजनीतिक भेटघाट, बैठकलगायतका काम आफ्नै निवासबाट गर्दै आएका थिए । ठाउँ साँघुरो भएको ओलीले उक्त जुक्ती प्रचण्डबाटै चोरेका हुन् । प्रचण्डले पनि अब सामान्य राजनीतिक भेटघाट खुमलटारबाट नगर्ने भएका छन् । पार्टी एकता गर्न लागेका दुवै नेताहरुको उक्त जुक्ति उपयुक्त देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: