×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रचण्डले गढबढ गर्न सक्ने भन्दै ओलीको कोर टिममा भयो यस्तो छलफल, के हुन्छ एकता र सरकार ?

काठमाडौँ – गत मंसिरमा सम्पन्न निर्वाचन लगत्तै पार्टी एकता गर्ने भनेर कस्सिएका एमाले-माओवादीका शिर्ष नेताहरुले एकअर्कासँग भित्रभित्रै अबिस्वाश गर्न सुरु गरेका छन्।
यसै क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डबाट धोका हुन सक्ने आशंका गरेका छन् । आफ्नो कोर टिमसँग आन्तरिक छलफल गर्दै उनले आगामी यात्रामा प्रचण्डबाट धोका हुन सक्ने भएकाले बेलैमा सचेत हुनुपर्ने बताएका छन् ।
आफ्नो नेतृत्वमा बनेको सरकार ढाल्न प्रचण्डले खेलेको भूमिका रहस्यमय रहेको भन्दै ओलीले प्रचण्डबाट कुनै पनि बेला आफुहरुमाथि धोका हुनसक्ने आशंका गरेका हुन् । ओलीको यस प्रकारको आशंकालाई उनका निकट मानिने अन्य नेताहरुले जायज मानेका छन् ।
यदी प्रचण्डले धोका दिन सक्ने संकेत पाउन बितिकै मधेसी दलहरुसँग मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव समेत अगाडि सारेको एमाले निकट स्रोतले बताएको छ । तर प्रचण्डले धोका दिने संकेत नपाएको खण्डमा भने माओवादीसँगको सहकार्यलाई बलियो बनाउने ओलीको योजना छ।
आफुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रचण्डले धोका दिन सक्ने संकेत पाएको बताएका छन् । विश्लेषकहरु भने वाम गठबन्धनलाई फुटाउन भारतीय प्रधानमन्त्री मोदीले कहिले ओली त कहिले प्रचण्डलाई उचालिरहेको बताउँछन् ।
एमाले-माओवादीमा माथिदेखी तलसम्म पार्टी एकता प्रक्रियालाई छिटोभन्दा छिटो टुंग्याउने र सरकार बनाउने छलफल चलिरहेका बेला ओलीले यसरी आनतरिक कोर टिममा छलफल गर्नुलाई महत्वका साथ हेरिएको छ ।
एमाले-माओवादीका नेता कार्यकर्ताले भने नेपालका कम्युनिष्टलाई फुटाउने र आफ्नो राज कायम राख्ने सड्यन्त्रका रुपमा भारतले योजनाबद्ध यस प्रकारका चाल चाल्ने भएकाले यस प्रकारका शंका उपशंका नगरी चाँडोभन्दा चाडो पार्टी एकता प्रक्रियालाइ अगाडी बढाउन नेताहरुलाई सुझाब दिएका छन् ।
जनताले बाम गठबन्धनलाई कम्तिमा ५ बर्ष सरकार चलाउन जनादेश दिएको र उक्त जनादेश अनुसार सरकार चलाउन पनि एमाले-माओवादी एकता जारी रहेको भन्दै एमाले माओवादी भित्र रहेका बुद्धिजीवीहरु र युवा संठगनका नेताहरुले दबाद दिन थालेका छन् ।
एमाले र माओवादी दुबई पार्टी भित्र एकताको बिषयलाई लिएर निकै बिबाद पनि भएका छन् । माओवादीबाट भने दर्जनौ केन्द्रीय नेताहरुले एमालेसंगको एकतालाई आत्मसमर्पण भन्दै पार्टीबाट अलग्गिने निर्णय समेत गरेका छन् ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य विश्वभक्त दुलालसहित दर्जनौ नेताहरुले माओवादी आन्दोलनलाई नै जोगाउने भन्दै एमालेसंगको एकतालाई अस्विकार गरेर छुट्टै पार्टी वा मोर्चा बनाउने अभियान थालिसकेका छन् । उनलाई सकृतिकर्मी बलराम तिमिल्सिना, बिष्णु भण्डारी, कला अनुरागीलगायतका नेताहरुले साथ दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: