×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति बिकास बैंकमा मनोज ज्ञवालीको सीइओमा पदोन्नति, केहि समयका लागि कामु नै रहने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ज्योति बिकास बैंकका डेपुटी सीइओ रहेका मनोज कुमार ज्ञवाली सीइओको पदमा पदोन्नती भएका छन् । बैंकका सीइओ कृष्ण बहादुर कुँवरले राजीनामा दिएपछि बैंकले उनलाई सीइओ बनाएको हो । 
यसअघि नेपाल राष्ट्र बैंकमासमेत काम गरेका ज्ञवालीले त्यसपछि ग्लोबल आइएमइ बैंकमा समेत काम गरेका थिए । ग्लोबल आइएमइ बैंकको काम छोडेर एक हाइड्रोमा काम गर्न गएका उनले उक्त जागिर छोडेर ज्योति बिकास बैंकको डेपुटी सीइओको पद सम्हालेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट बिबिए गरेका उनी चार्टड एकाउन्टेन्ट हुन् भने हाल पीएचडी गरिरहेका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका सदस्य रहेका उनलाई डेपुटी सीइओबाट सीइओमा पदोन्नति  गरिएको  हो ।

यद्यपी उनी हाल बैंकमा कामु सीइओको रुपमा मात्र रहनेछन् । केहि समयपछी उनले औपचारिक सीइओको रुपमा आफ्नो पद सम्हाल्नेछन् ।    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: